८२ वर्षमा नागरिकता पाउँदा बुदे बोहराको खुसी– अब वृद्धभत्ता पाइने भो ! « Khabarhub

८२ वर्षमा नागरिकता पाउँदा बुदे बोहराको खुसी– अब वृद्धभत्ता पाइने भो !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बडीमालिका– बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिए ।

नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सकेका थिएनन् । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरेका छन् ।

विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बसेका बोहराले आफूलाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको बताए । शिविर बस्ने थाहा पाएपछि उनकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेकी थिइन् ।

प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा बोहरालाई नागरिकता हस्तान्त्रण गरे । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए। शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक वर्षमा खप्तड छेडेदह गाउँपालिका, बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा शिविर सञ्चालन गरेर शिविरबाट दुई हजार ६०० बढीलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । गाउँपालिकामा सञ्चालन भएका शिबिरबाट महिला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले सहजरूपमा सेवा पाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : २५ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६