८२ वर्षमा नागरिकता पाउँदा बुदे बोहराको खुसी– अब वृद्धभत्ता पाइने भो ! | Khabarhub Khabarhub

८२ वर्षमा नागरिकता पाउँदा बुदे बोहराको खुसी– अब वृद्धभत्ता पाइने भो !


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बडीमालिका– बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागरिकता शिविरबाट नागरिकता र फोटोसहितको मतदाना नामावली प्रदान गरेकोे प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले जानकारी दिए ।

नागरिकता नहुँदा बोहराले लामो समयदेखि वृद्धभत्ता पाउन सकेका थिएनन् । त्यो सँगै नागरिकतासँग सम्बन्धित अन्य काम पनि रोकिएका थिए । वृद्धावस्थामा नागरिकता पाउँदा बोहरा मात्र होइन उनका आफन्तले समेत खुशी व्यक्त गरेका छन् ।

विवाह नगरेर भाइ र आफन्तको सहयोगमा बसेका बोहराले आफूलाई नागरिकता बनाउनु पर्छ भन्ने थाहा नै नभएको बताए । शिविर बस्ने थाहा पाएपछि उनकी भतिजी नाता पर्ने विमला बोहराले गाउँपालिकाको कार्यालयमा ल्याएर नागरिकता लिन सहयोग गरेकी थिइन् ।

प्रतिनिधिसभाका सदस्य सांसद लालबहादुर थापा र प्रमुख जिल्ला अधिकारी चेतराज बरालले संयुक्तरूपमा बोहरालाई नागरिकता हस्तान्त्रण गरे । नागरिकतासम्बन्धी शिविरको आयोजना गरेपछि अन्य धेरैले नागरिकता लिन सहयोग मिल्ने गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाले बताए। शिविरमा नागरिकता, फोटोसहितको मतदाता नामवली, भेटेनरी शाखाले पशुसम्बन्धी निःशुल्क सेवा दिने आयोजकले जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाजुराले यो आर्थिक वर्षमा खप्तड छेडेदह गाउँपालिका, बुढीगङ्गा नगरपालिका, बुढीनन्दा नगरपालिका र गौमूल गाउँपालिकामा शिविर सञ्चालन गरेर शिविरबाट दुई हजार ६०० बढीलाई नागरिकता वितरण गरेको प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए । गाउँपालिकामा सञ्चालन भएका शिबिरबाट महिला वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले सहजरूपमा सेवा पाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ११ : २५ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च