चैत १४ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै « Khabarhub

चैत १४ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुँदै


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न यही चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा हुने उक्त मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहनेछ । मेलामा भारत, चीन, बङ्गलादेश, पास्तिानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता हुने महासङ्घद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १० र बङ्गलादेशका ४० वटा स्टल रहनेछन् ।

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहनेछन् । मेलाकै क्रममा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासङ्घले जनाएको छ । चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग बृहत् अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिने छ ।

वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गर्ने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने र मेला अयोजनाकै अवधिमा नेपालमा लगानी सम्मेलनसमेत आयोजना गरिएकाले व्यापार मेलाको महत्व अझ वृद्धि हुने बताइएको छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसयिक सम्बन्ध विस्तारलाई महत्वपूर्ण कडीका रुपमा हेरिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताउनुभयो । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे समेत छलफल गरिने उनले बताए ।
वर्षेनि आयोजना हुने यसप्रकारका मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने महासङ्घले विश्वास लिएको छ । मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको महासङ्घले जनाएको छ । स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेला यही चैत १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ३ : ५९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी