शेयर बजारमा आज पनि सामान्य सुधार « Khabarhub

शेयर बजारमा आज पनि सामान्य सुधार


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सोमबार सामान्य अंकले सुधार आएको शेयर बजारमा मंगलबार पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०७ विन्दुले बढेर एक हजार १४०.७२ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४२ ले वृद्धि भई २४२.६७ विन्दुमा पुगेको छ । कूल १७१ कम्पनीको आठ लाख ८२ हजार ८८५ कित्ता शेयर रु २१ करोड ५१ लाख २१ हजार ५८० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये लघुवित्त उपसमूहको शेयर ५.१२ विन्दुले घटेको छ ।

बैंकिङ १.१६, होटल १.९४, विकास बैंक ०.०२, जलविद्युत् ३.२२, वित्त ०.२८, निर्जीवन बीमा २४.१९, उत्पादन ११.०६, अन्य ५.४२ र जीवन बीमा ०.५८ विन्दुले बढेका छन् । सामान्य बढेको बजारमा नेपाल बङ्गलादेश बैंकको संस्थापक शेयर बढी मूल्यमा कारोवार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ५८ लाख ३१ हजार ४८० बराबरको कारोवार भयो ।

यस्तै एनएमबी बैंकको रु ९६ लाख ४४ हजार ७९४, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ७४ लाख १७ हजार ५१४, प्राइम बैंक रु ६४ लाख ५३ हजार १५४ मा कारोवार भइ शीर्ष स्थानमा रह्यो ।

स्टकका अनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पाँच प्रतिशतले कमाउँदा एनएमबी हाइब्रिड फण्ड ३.९५, पोखरा फाइनान्स ३.०८, भार्गव विकास बैंक २.८६ प्रतिशतले कमाएका छन् ।

यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.८७ प्रतिशतले गुमाएका छन् । शिवम सिमेन्ट ९.८१, मिथिला लघुवित्त वित्तीय संस्था ५.५४, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.११ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ०० बजे

अमेरिकी अभियानमा साथ नदिन दक्षिण कोरियालाई इरानको चेतावनी

तेहरान- इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

खानेपानीको मूल सुक्दै गएपछि पुनर्जीवित कार्यक्रमको सुरुवात

काभ्रेपलाञ्चोक– पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान

राष्ट्रपति पौडेलले भने : विपत्तिमा परेका नागरिकलाई राज्यको साथ र भरोसा चाहिएको छ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गते रसुवाको भोटेकोशी

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि