बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापनमा समस्या : अर्थमन्त्री खतिवडा « Khabarhub

बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापनमा समस्या : अर्थमन्त्री खतिवडा


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय आयोजनाको बजेट संघीय सरकार एक्लैले व्यवस्थापन गर्न नसक्ने स्पष्ट पारेका छन् ।

अर्थमन्त्री खतिवडाले राजस्वको बाँडफाँड गर्ने अधिकार प्रदेश र स्थानीय तहलाई दिएपछि बहुवर्षीय आयोजनाका लागि बजेटको व्यवस्था गर्ने संवैधानिक दायित्व प्रदेश र स्थानीय सरकारको पनि हुने स्पष्ट पारे ।

मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण भएकाले बहुवर्षीय आयोजनाको काममा मात्रै स्रोत, साधन संचालन गरे संघीय सरकारले नयाँ आयोजनाको कामलाई अघि बढाउन सक्ने अवस्था नरहनेतर्फ पनि समितिका सदस्यहरुको गम्भिर ध्यानाकर्षण गराए ।

अर्थमन्त्री खतिवडाले चालु बहुवर्षीय आयोजनाहरुको काम सम्पन्न नभई अर्को बहुवर्षीय आयोजनाको काम शुरु गर्ने परम्पराका कारण पनि बहुवर्षीय आयोजनाको कामलाई अघि बढाउन समस्या देखिएको उल्लेख गर्दै आगामी वर्षदेखि ती सबै समस्या समाधान हुने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

स्रोतको सुनिश्चित भएपछि मात्रै बहुवर्षीय आयोजनाहरुको कामलाई अघि बढाउने अर्थमन्त्री खतिवडाको योजना छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ५ : ४५ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो