चट्याङ लागेर दुई घाइते, आधा दर्जन बढी बिजुलीका खम्बा ढले « Khabarhub

चट्याङ लागेर दुई घाइते, आधा दर्जन बढी बिजुलीका खम्बा ढले


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- हावाहुरीसँगै परेको चट्याङले लागेर झापामा दुई जना घाइते भएका छन् । मंगलबार परेको चट्याङबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका–११ मिल चोक बस्ने ४७ वर्षीया फूलामाया बर्देवा र ४२ वर्षीया कृष्णा बर्देवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरु दुवैलाई घरमै बसिरहेका अवस्थामा चट्याङले लागेको थियो । घाइते दुवैको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । हावाहुरीले झापाका विभिन्न स्थानमा बिजुलीका आधा दर्जनभन्दा बढी खम्बा ढालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भद्रपुर नगरपालिका–१० स्थित भद्रपुर विमानस्थलको पूर्वपट्टि, गौरदाह–७ ग्वालडुब्बामा एक–एक र बिर्तामोड नगरपालिका–५ मा बिजुलीका दुई खम्बा ढलेका छन् । त्यसैगरी हावाहुरीले मेनपा–१५स्थित नरेश लिम्बू र कचनकवल गापा–६ बस्ने झड्कन ठाकुरको घरको टिनको छानो उडाएको छ भने भद्रपुर–८ स्थित सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : २६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले