राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

भक्तपुरको चागुनारायणस्थित नेपाल इन्जिनियरङ कलेजको स्वामित्व विवादका सम्बन्धमा अख्तियारमा परेको उजुरी मिलाइ दिने भन्दै घुस लिएका पूर्व आयुक्त पाठकविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व आयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ बिगो र जरिवाना दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन आयुक्त पाठकले नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादका सम्बन्धमा परेको उजुरी मिलाइदिने भन्दै कलेजका सञ्चालक भनिएका लम्बोदर कुमार न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

अख्तियारले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधार गरेको छानबिनबाट पाठकले घुस लिएको पुष्टि भएको जनाएको छ ।

पाठकलाई घुस दिने कलेज सञ्चालक न्यौपानेविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले न्यौपानेविरुद्ध पनि ८७ लाख रुपैयाँ बिगो तथा जरिवाना माग दावी गरेको छ ।

अख्तियारले पाठकविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उपदफा (१) बमोजिम जरिवाना र कैद सजाय माग गरेको छ । जसअनुसार बिगो बमोजिम जरिवाना र ५० लाखदेखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

आयुक्त पाठकका भाइ शुभ नारायण पाठकले लिएको १५ लाख रुपैयाँ घुसको सम्बन्धमा भने छुट्टै अनुसन्धान गर्ने जनाएको छ । यसअघि शुभनारायणले नेपाल इन्जिनियरिङ कलेज प्रकरणमै १५ लाख रुपैयाँ घुस लिएको तथ्य सार्वजनिक भएको थियो ।

अख्तियारले भने छानबिनका क्रममा शुभनारायणले लिएको भनिएको १५ लाख रुपैयाँ घुस कलेजसँग सम्बन्धित नभएको पत्ता लागेको जनाएको छ । जसकारण शुभनारायणले लिएको १५ लाख रुपैयाँ घुसका सन्दर्भमा छुट्टै अनुसन्धान हुने अख्यितारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : २७ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत