अफगानिस्तानविरुद्ध मैदानमा उत्रिंदै नेपाली टोली | Khabarhub Khabarhub

अफगानिस्तानविरुद्ध मैदानमा उत्रिंदै नेपाली टोली


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी यू–२३ च्याम्पियनसिप छनोट अन्तगर्तको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अफगानिस्ताबीचको खेल कतारको दोहास्थित एस्पायर एकेडेमीको ५ नम्बर मैदानमा राति पौने दश बजेबाट शुरु हुनेछ ।

दुई खेल लगातार हारेको नेपाल आजको खेलमा सान्त्वना जीतको खोजिजमा रहने छ । पहिलो खेलमा ओमानसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो कतारसँग ५—० को अन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा हार व्यहोरेको नेपाल समूह चरणबाट बाहिरि सकेको छ ।

अफगानिस्ताविरुद्ध मैदान उत्रिने नेपालको सुरुआती ११ मा यसअघिकै टिमले निरन्तरता पाएको छ । अफगानिस्तानविरुद्ध मिडफिल्डमा एक जना परिवर्तन गरिएको छ । यसअघि गौरव बुढाथोकिले प्लेइङ ११ मा स्थान बनाएका थिए भने आजको खेलमा उनको स्थानमा विश्वास श्रेष्ठले मैदान उत्रिन भएका छन् ।

नेपाली टोली

गोलकिपर : अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ
मिडफल्डर : विश्वास श्रेष्ठ, नितिन थापा,सुनील बल, तेज तामाङ
स्ट्राइकर : बिमल घर्तीमगर, अन्जन विष्ट

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’