अन्तिम अभ्यास खेलमा नेपाली टोली विजयी « Khabarhub

अन्तिम अभ्यास खेलमा नेपाली टोली विजयी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको यु—१९ राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा भारतको आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ ।

नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि ९ रनको रोमाञ्चक जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै आध्र प्रदेशसामू २ सय २२ रनको लक्ष्य पस्तुत गरेको थियो ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको आध्र प्रदेशले ४९.४ ओभरमा २सय१२ रन मात्रै बनाउन सक्यो । आध्रका लागि नितेश कूमारले ७४ रन बनाए भने, हर्षब्रधनले ३६, जे दुर्गा कूमारले २५ रन बनाएका थिए ।

आध्रविरुद्ध नेपालका बलर पवन शरार्फ, कुशल मल्ल र भिम सार्कीले समान २—२ विकेट लिए भने कमलसिंह ऐरी, राशिद खान र सागर ढकालले समान १—१ विकेट लिएका थिए ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि अन्तिम अभ्यास खेलमा कुशल मल्लले अविजित रहँदै ४८ रन बनाए । यस्तै, राशिद खानले ४१ रन, पवन शरार्फले ३२ रन, कप्तान रोहित कुमार पौडेलले २२ रन बनाए भने भिम सार्किले १७ र रित गौतमले १२ रन बनाएका थिए ।

नेपालविरुद्ध आध्रका कार्तिक रेड्डी, एम माधव र दुर्गा कूमारले समान २—२ विकेट लिएका थिए । भारतमा चार खेल खेलेको नेपाली यु—१९ टोलीले तीन खेलमा जीत हात पारेको छ भने एक खेलमा पराजित भएको छ । पहलिो पटक टोलीको नेर्तत्व गरेका रोहितले अभ्यास खेलका क्रममा भारतमा उत्कृष्ट प्रदर्शन गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : १७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष