अन्तिम अभ्यास खेलमा नेपाली टोली विजयी « Khabarhub

अन्तिम अभ्यास खेलमा नेपाली टोली विजयी


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१९ विश्वकप एसिया छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको यु—१९ राष्ट्रिय क्रिकेट टोलीले चौथो खेलमा भारतको आध्र प्रदेशमाथि रोमाञ्चक जीत हात पारेको छ ।

नेपाली टोलीले आन्ध्र प्रदेश यू–१९ टोलीमाथि ९ रनको रोमाञ्चक जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको नेपालका लागि कुशल मल्ल र राशिद खानले उत्कृष्ट ब्याटिङ गर्दै आध्र प्रदेशसामू २ सय २२ रनको लक्ष्य पस्तुत गरेको थियो ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको आध्र प्रदेशले ४९.४ ओभरमा २सय१२ रन मात्रै बनाउन सक्यो । आध्रका लागि नितेश कूमारले ७४ रन बनाए भने, हर्षब्रधनले ३६, जे दुर्गा कूमारले २५ रन बनाएका थिए ।

आध्रविरुद्ध नेपालका बलर पवन शरार्फ, कुशल मल्ल र भिम सार्कीले समान २—२ विकेट लिए भने कमलसिंह ऐरी, राशिद खान र सागर ढकालले समान १—१ विकेट लिएका थिए ।

पहिलो ब्याटिङ गरेको नेपालका लागि अन्तिम अभ्यास खेलमा कुशल मल्लले अविजित रहँदै ४८ रन बनाए । यस्तै, राशिद खानले ४१ रन, पवन शरार्फले ३२ रन, कप्तान रोहित कुमार पौडेलले २२ रन बनाए भने भिम सार्किले १७ र रित गौतमले १२ रन बनाएका थिए ।

नेपालविरुद्ध आध्रका कार्तिक रेड्डी, एम माधव र दुर्गा कूमारले समान २—२ विकेट लिएका थिए । भारतमा चार खेल खेलेको नेपाली यु—१९ टोलीले तीन खेलमा जीत हात पारेको छ भने एक खेलमा पराजित भएको छ । पहलिो पटक टोलीको नेर्तत्व गरेका रोहितले अभ्यास खेलका क्रममा भारतमा उत्कृष्ट प्रदर्शन गरे ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : १७ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक