जोर्फा आर्चरको उत्कृष्ट फिनिसिङमा राजस्थान विजयी | Khabarhub Khabarhub

जोर्फा आर्चरको उत्कृष्ट फिनिसिङमा राजस्थान विजयी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जोर्फा आर्चरले विजयी छक्का प्रहार गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोल्कत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कोलकाताको घरेलु मैदान इडन गार्डेन मा भएको खेलमा राजस्थानले ३ विकेटले विजयी भएको हो ।

कोलाकाताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले ४ बल बाँकी रहँदै पुरा गरेको थियो । उसले १९.२ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाउँदै लक्ष्य हात पारेको थियो ।

कोलकाताविरुद्ध राजस्थानका जोर्फा आर्चरले अन्तिम २ बलमा १ चौका र १ छक्का प्रहार गरेपछि ४ बलबाँकी छँदै लक्ष्य भेट्टाएको हो । राजस्थानका लागि रियान परागले ४७ रन, अजिन्क्या रहाणेले ३४, जोर्फा आर्चर २७ रन बनाए भने सञ्जु सिमसनले २२ रन बनाएका थिए ।

यस्तै, राजस्थानविरुद्ध पियुस चावलाले ३ विककेट लिए भने सुनिल नारिनेले २ विकेट लिएका थिए भने आन्द्र रुसेल र प्रशाद कृष्णले समान एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय७६ रन बनाएको थियो । कोलकाताका लागि कप्तान दिनेश कार्तीकले उत्कृष्ट ब्याटिङ गर्दै राजस्थानविरुद्ध लक्ष्य लम्ब्याएका थिए ।

उनले ५० बलमा ९ छक्का र ७ चौका प्रहार गरेका थिए । त्यस्तै, नितेश रानाले २१ रन बनाएका थिए भने सुभमन गिल र आन्द्रे रुसेलले समान १४–१४ रन बनाएका थिए ।

कोलकाताविरुद्ध राजस्थानका वरुण आरोनले २ विकेट लिए भने ओसाने थोमस र श्रयस गोपाल र ज्यादव उन्डकटले समान एक–एक विकेट लिएका थिए ।
जीतसँगै राजस्थानको ८ अंकसहित सातौं स्थानमा रहेको छ भने पराजित कोलकाता समान ८ अंकसहित छैठौं स्थानमा छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’