हलिउड फिल्मले ‘कोल्याप्स’ गर्‍यो ‘छक्का पञ्जा २’, दीपक–दीपालाई झट्का ! « Khabarhub

हलिउड फिल्मले ‘कोल्याप्स’ गर्‍यो ‘छक्का पञ्जा २’, दीपक–दीपालाई झट्का !


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि पुनः प्रदर्शन हुने भनिएको फिल्म ‘छक्का पञ्जा २’ हलिउड फिल्मको मारमा परेको छ । योसँगै निर्माता तथा कलाकार दीपकराज गिरीलाई ठूलो झट्का लागेको छ ।

स्मरण रहोस्, दीपकराज गिरीले यसअघि एक अन्तर्वार्तामा फिल्म राम्रो बनाउन सक्यो भने नेपाली फिल्म हलिउड फिल्मसँग पनि जुधाउँदा फरक नपर्ने बताएका थिए । आजको मितिमा ‘एभेन्जर्सः इन्डगेम’ रिलिज हुने पक्का भएपछि ‘दाल भात तरकारी’ ले रिलिज मितिमा हेरफेर गरेको थियो ।

उक्त मितिमा नयाँ नेपाली फिल्म रिलिज नहुने भएपछि दीपकराज गिरीले ‘छक्का पञ्जा २’ लाई पुनः रिलिज गर्ने घोषणा गरेका थिए ।

यता बुधवारदेखि बूकिङ खुला गरिएको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ को बूकिङ आक्रामक देखिएको छ । अग्रिम बूकिङ खुलाएका मल्टिप्लेक्स हलहरुका प्रायः सबै शो पहिले नै हाउसफूल भएका छन् ।

जसकारण पुनः रिलिज हुने भनिएको फिल्म ‘छक्का पञ्जा २’ ले हल नपाएको हो । मल्टिप्लेक्स हलले बूकिङ खुलाउनुअघि ‘छक्का पञ्जा २’ पुनः प्रदर्शन गर्ने भनेर आफ्नो वेबसाइटमा फिल्मको पोस्टर सजाएका थिए । अहिले मल्टिप्लेक्सले ती पोस्टर हटाएका छन् ।

यद्यपि दीपक–दीपाको ‘छक्का पञ्जा २’ सिंगल थिएटरका हलमा पुन: रिलिज हुनेछ । योसँगै हलमा अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ पनि प्रदर्शन भइरहेको छ । ‘ए मेरो हजुर ३’ को पनि उत्तिकै क्रेज छ । अर्कातिर फिल्म ‘छक्का पञ्जा २’ ले भने दर्शकमाझ खासै क्रेज बनाउन सकिरहेको छैन ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १० : २८ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा