सगरमाथा आरोही पासाङको सपना छोरी दावाले पूरा गर्ने « Khabarhub

सगरमाथा आरोही पासाङको सपना छोरी दावाले पूरा गर्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पाका सपना उनकै छोरी दावा फुटी शेर्पाले पूरा गर्ने भएकी छन् । उनले आफ्नी आमाले पर्वतारोहण क्षेत्रमा महिला सहभागिताका लागि खेलेको भूमिका र लैंगिक समानताका लागि चालेको अभियानलाई आफूले लिएर हिड्ने बताइन ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको नेतृत्व आफ्नो काँधमा लिँदै पासाङकी जेठी छोरी दावाले पर्वतारोहण क्षेत्रमा महिला सहभागिता बढाउन भूमिका खेल्ने बताइन् । बुधबार धुम्बाराहीमा भएको प्रतिस्ठानको साधानरणसभाबाट उनी अध्यक्ष निर्वाचित भएकी थिइन् ।

पर्वतारोहण क्षेत्रलाई सुधार गर्ने र महिलाको समानताकाका पक्षमा केहि गर्नु पर्छ भन्ने आमाका सपना अधुरै रहेकाले संस्थाको नेतृत्व आफूले सम्हालेको दावाले बताइन । महिलाको शाहस, आँट र दृढ संकल्प प्रस्तुत गर्न सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) को आरोहण गरी फर्कने क्रममा आमाको मृत्यु भएको भन्दै सफलताको खुसी साट्न नपाउँदै बिदा भएकी आमाका सबै सपना आफूले पूरा गर्ने उनको दाबी छ ।

पर्वतारोहण क्षेत्रका समस्याहरु, हिमाली क्षेत्रका यथार्थमा देखिने गरिवीसँगै शिक्षा, स्वास्थ्यलाई सहयोग गर्ने, आममहिलामा देखिएका समस्याहरु, समानताका आजाव, शिक्षा, रोजगारीजस्ता समस्यालाई सहयोग गर्न संस्था लागि पर्ने अध्यक्ष दावाले बताइन ।

३२ बर्षको उमेरमा २०५० बैशाख १० गते सगरमाथाबाट फर्कने क्रममा साउथकोलमा आरोही पासाङ ल्हामुको हिमपहिरोमा परी मृत्यू भएको थियो ।

प्रतिस्ठानको साधारणसभाले प्रथम उपाध्यक्ष सिताराम साप्कोटा, द्धितिय उपाध्यक्षमा नाम्गेल शेर्पा, महासचिवमा छेटु शेर्पा लगायत ११ सदस्सीय समिति चयन गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ५१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था