हिम्मतवालीका ‘हिरो’ सुदर्शन ‘मानव तस्करी’मा, प्रहरीद्वारा रेड नोटिस जारी « Khabarhub

हिम्मतवालीका ‘हिरो’ सुदर्शन ‘मानव तस्करी’मा, प्रहरीद्वारा रेड नोटिस जारी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चलचित्र ‘हिम्मतवाली’का ‘हिरो’ सुदर्शन गौतम मानव तस्करीमा संलग्न रहेको फेला परेको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट गौतम मानव तस्करीमा संलग्न रहेका भेटिएको हो । हाल क्यानडामा बस्दै आएका गौतमले नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गौतमलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमा ‘रेड नोटिस’ समेत जारी गरेको छ ।

प्रहरीका अनुसार गौतम समेत संलग्न रहेको एक समूहले केही समय अगाडि ३ जना नेपाली युवतीलाई अमेरिका पुर्‍याइदिनेभन्दै अफ्रिकी देश हाइटी पुर्‍याएको थियो ।

दुवै हात नभएका गौतमले केही समय अगाडि सर्वोच्च शिखर सगरमाथाको समेत आरोहण गरेका थिए ।

सगरमाथाको आरोहण र नायिक रेखा थापाको निर्माण तथा निर्देशन रहको चलचित्र ‘हिम्मतवाली’मा रेखासँगै फिल्म खेलेपछि चर्चामा आएका गौतम चलचित्रकर्मीको रुपमा विदेश भ्रमणमा समेत जाने गरेका थिए । चलचित्रकर्मीकै रुपमा केही वर्ष अगाडि अमेरिका गएका उनी त्यहिँबाट क्यानडा पुगेका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  १२ : ५५ बजे

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी

नयाँ सांसद आउँदा नयाँ संसद् भवन प्रयोग हुने

काठमाडौं– संघीय संसद् सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ