कुवेतको रोजगारी– प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न दिल्ली जानुपर्ने « Khabarhub

कुवेतको रोजगारी– प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न दिल्ली जानुपर्ने


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतका लागि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको प्रहरी रिपोर्ट (आचरण प्रमाणपत्र) को प्रमाणीकरण दिल्लीस्थित कुवेती राजदूतावासबाट गर्नुपर्ने भएको छ ।

कुवेत सरकारले रोजगारीमा आउने नेपाली श्रमिकको हकमा प्रहरी रिपोर्ट दिल्लीमा रहेको दूतावासबाट प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

कुवेत सरकारले गत साता विदेशी श्रमिकसम्बन्धी नियम परिवर्तन गरि यस्तो निर्णय गरेको हो । नेपालमा कुवेत सरकारको कुटनीतिक नियोग नभएका कारण नयाँ नियमअनुसार दिल्लीमा रहेको दूतावासबाट रोजगारीमा जाने कामदारको प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गर्ने लागेको हो ।

हालसम्म नेपाल प्रहरीले जारी गर्ने अंग्रेजी भाषाको (आचरण) रिपोर्टमा नेपालको कन्सुलर विभागले छाप लगाई प्रमाणीकरण गरि कुवेतस्थित अध्यागमन र रोजगारदाता कम्पनीमा पठाएर सिधै स्वीकृति लिने गरेको थियो । त्यसपछि रोजगारदाता र अध्यागमनले स्वीकार गरेपछि कामदार जान पाउने गरेका थिए ।

कुवेत सरकारले भने विदेशी कामदारले आफना कुटनीतिक नियोगबाट अनिवार्य प्रहरी रिपोर्ट गराउनुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने कम्तिमा ५० अमेरिकी डलर खर्च लाग्नसक्ने वैदेशिक रोजगार व्यवसायीले जानकारी दिएका छन् । जसका कारण कुवेत जाने कामदारलाई यो रकम आर्थिक भार थपिने छ । काठमाडौंबाट प्रहरी रिपोर्ट बनाएर दिल्ली जानुपर्‍यो भने कम्तिमा २५ हजार प्रति कामदार खर्च हुने व्यवसायीहरुको भनाइ छ । यो विषयमा सरकारले कुटनीतिक पहल गर्नुपर्ने उनीहरु बताउँछन् ।

नेपाल प्रहरीले दिएको रिपोर्ट सम्बन्धित कामदार नै दूतावासमा उपस्थित भई प्रमाणीकरण गर्नुपर्ने कुवेत सरकारले व्यवस्था गरेसँगै कामदारको खर्च बढ्ने भएको हो ।

कामदार मात्र नभई व्यापार र अन्य प्रयोजनका लागि कुवेत जान चाहनेहरुले समेत प्रहरी रिपोर्ट अनिवार्य रुपमा बुझाउनु पर्ने कुवेत सरकारले नियम बनाएको छ । जसका लागि यो नियमले समस्या उत्पन्न हुने देखिन्छ । यो विषयमा कुवेतस्थीत नेपाली राजदूतावास भने बेखर रहेको छ । कुवेत सरकारले यो विषयमा दूतावासमा जानकारी नगराएको दूतावासका एक कर्मचारीले जानकारी दिए ।

पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशस्तरबाटै प्रहरी चालचलन रिपोर्ट जारी गर्ने निर्णय कार्यान्वयनमा ल्याएपछि रोजगारीका जाने कामदार रिपोर्टका लागि राजधानी धाउनुपर्ने बाध्यता अन्त्य भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  २ : ३८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी