इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी « Khabarhub

इस्लामिक स्टेटका १४० ‘एजेन्ट’को खोजी गर्दै श्रीलंकाली प्रहरी


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कोलम्बो– श्रीलंकाली प्रहरीले अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटसँग आबद्ध रहेको आशंका गरिएका अरु १ सय ४० जनाको खोजी गरिरहेको त्यहाँका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनाएका छन् ।

गत आइतबार मुलुकका विभिन्न स्थानमा भएका आत्मघाती बम आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएपछि त्यस संगठनसँग आबद्ध रहेको आशंका गरिएका १ सय ४० जना प्रहरीको खाजी सूचीमा रहेको राष्ट्रपति सिरिसेनाले जनाएका हुन् ।

त्यसबाहेक आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले हालसम्म ७६ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

सिरिसेनाले श्रीलंकाका केही युवाहरु सन् २०१३ यता इस्लामिक स्टेटतर्फ आकर्षित भइरहेको भन्दै मुलुकका रक्षा तथा सुरक्षा प्रमुखहरुले सम्भावित आक्रमणबारे आफूलाई कुनै पनि सूचना नदिएको समेत आरोप लगाए ।

उनले प्रधानमन्त्री रनिल विक्रमासिंघेको सरकारले गृहयुद्धका क्रममा भएको भनिएको युद्ध अपराधका लागि सैनिक अधिकारीविरुद्ध मुद्धा चलाएर मुलुकको गुप्तचर तथा रक्षा क्षेत्रलाई कमजोर बनाएको समेत आरोप लगाए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ३ : ३२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना