श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो « Khabarhub

श्रीलंकामा ज्यान गुमाउनेको संख्या एक सय बढी घटाइयो


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकाली अधिकारीले आइतबार मुलुकका विभिन्न स्थानमा भएका श्रृङ्खलाबद्ध आत्मघाती बम आक्रमणमा ज्यान गुमाउनेहरुको सङ्ख्या घटाएर २ सय ५३ मा झारेका छन् ।

यसअघि आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० सम्म पुगेको बताइएपनि मृतकको शव पहिचान गर्न कठिन भएको तथा सङ्ख्या गणना गर्न त्रुटि भएको भन्दै मृतकको सङ्ख्या २ सय ५३ मा झारिएको हो ।

ज्यान गुमाउनेमा अधिकांश श्रीलंकाली नागरिक रहेको तथा अन्य दर्जनौं विदेशी समेत रहेको बताइएको छ ।

श्रीलंकाली सरकारका उपरक्षामन्त्री रुवान विजेरत्नेले शवगृहहरुले गलत तथ्याङ्क दिएकाले मृतकको सङ्ख्या यसअघि बढाइएको तर हाल भने मारिनेको सङ्ख्या २ सय ५३ रहेको स्पष्ट भइसकेको जनाए । आक्रमणमा घाइते हुने अरु सयौंको अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।

यसैबीच श्रीलंकाली राष्ट्रपति मैत्रिपाला सिरिसेनाले आक्रमणका प्रमुख योजनाकार बताइने मोहम्मद जहरान हासिम राजधानी कोलम्बोमा रहेको शाङ्ग्री–ला होटेलमा गराइएको आत्मघाती बम विष्फोटमा मारिएको जनाएका छन् ।

उनी इल्हान नाम गरेका अर्का आत्मघातीसँग शाङ्ग्री–ला होटेल गएको र त्यहाँ गराइएको विष्फोटमा मारिएको राष्ट्रपति सिरिसेनाको भनाइ छ ।

यद्यपि हासिमले आत्मघाती विष्फोटन गराएको वा विष्फोटनका समय शाङ्ग्री–ला होटेलमा उनी के प्रयोजनका लागि होटेल गएका थिए भन्नेबारे राष्ट्रपति सिरिसेनाले केही खुलाएनन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ४ : ०७ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप