७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण « Khabarhub

७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले विहीबार सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’अनुसार चालू आर्थिक वर्षको आर्थिक अवस्थाका बारेमा प्रक्षेपण गरेको हो ।

सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्ला तीन वर्षमा निरन्तररुपमा ६ प्रतिशतबढी आर्थिक वृद्धिदर हुँदै आएको छ । तीव्रतर आर्थिक वृद्धि हुने देशमा नेपाल परेको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा ६.३० प्रतिशत तथा आव २०७३÷७४ मा ७.७४ प्रतिशतको दरमा आथिृक वृद्धि भएकोसमेत विभागले जनाएको छ । समग्रमा औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, उद्योग निर्माण लगायतलाई द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर विश्लेषण गरिएकामा विगत तीन वर्षमा कूल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रको योगदान घट्न गएको देखिन्छ भने सेवा क्षेत्रको योगदान बढ्न गएको पाइएको छ । द्वितीय क्षेत्रको योगदानमा खासै घटबढ भएको छैन ।
कृषि वन, मत्स्य र खानी उत्खनन क्षेत्रलाई प्राथमिक क्षेत्रमा राखिएको छ । चालू आर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । आव २०७४÷७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५.१० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ ।
चालू आवमा मौसमको अनुकूलताका कारणले कृषि क्षेत्रमा उल्लेख्य वृद्धि, पुनःनिर्माणका लागि वन पैदावारका सामग्री तथा उत्खनन क्षेत्रमा उत्पादन वृद्धिजस्ता कारणले सकारात्मक प्रभाव परेको छ । चालू आवमा द्वितीय क्षेत्रका रुपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्रको योगदान १४.६० प्रतिशत रहेको छ । आव २०७४÷७५ मा चालू आवमा यस क्षेत्रको कूल वृद्धिदर स्थिर मूल्यमा ८.१० प्रतिशत रहेको छ ।
ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको छ । सेवा क्षेत्रमा पनि थोक तथा खुद्रा व्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्र रहेका छन् ।
चालू आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७.८१ प्रतिशत योगदान दिएका छन् । आव २०७४÷७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ७.२९ प्रतिशत रहेको छ । चालू आवको कूल गार्हस्थ उत्पदानमा कृषि क्षेत्रले २६.९८ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७३.०२ प्रतिशत योगदान दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ७ : ०० बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त