ममता बनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीबाट राजीनामा दिने प्रस्ताव « Khabarhub

ममता बनर्जीद्वारा पश्चिम बंगालको मुख्यमन्त्रीबाट राजीनामा दिने प्रस्ताव


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– आम निर्वाचनमा मृणमूल कांग्रेसले निकै कमजोर प्रदर्शन गरेपछि पश्चिम बंगालकी मुख्यमन्त्री एवं पार्टीकी अध्यक्ष ममता बनर्जीले राजीनामा दिने प्रस्ताव गरेकी छिन् ।

कोल्कातामा भएको पत्रकार सम्मेलनका क्रममा ममता बनर्जीले आफू पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा काम गर्न अनिच्छुक रहेको र पार्टीले डाकेको बैठकमा यसबारे कुरा राखेको जनाएकी हुन् । यद्यपि पार्टीले आफ्नो राजीनामा अस्वीकृत गरेको उनको भनाइ छ ।

उनले सत्तारुढ भारतीय जनता पार्टी भाजपाले भारतीय समाजलाई विभाजित बनाएको उनले आरोप समेत लगाइन् । उनले भारतीय निर्वाचन आयोगले भाजपालाई सहयोग गरेको हुनसक्ने समेत आशंका रहेको बताइन् ।

विभिन्न राज्यमा विपक्षी पूर्ण रुपमै सखाप भई भाजपाले यत्तिको ठूलो बहुमत ल्याउनु शंकाको घेरामा रहेको र यसमा स्वदेशी तथा विदेशी शक्तिको सेटिङ रहेको हुनसक्ने उनको भनाइ छ ।

पछिल्लो निर्वाचनमा ३४ सिट जितेको तृणमूल काँग्रेस यसपटक भने केबल २२ सिटमा खुम्चेको छ । सत्तारुढ भाजपाले भने ३०३ सिट जितेर सरकार गठन गर्ने तयारी थालेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ०० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,