विप्लव समूहले सैनिक अपहरण गरेको घटना गुपचुप! « Khabarhub

विप्लव समूहले सैनिक अपहरण गरेको घटना गुपचुप!


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो।

अन्नपूर्ण पोस्ट्लाई प्राप्त सूचनाअनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो। वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए। चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन्। विप्लव समूहले जुनिचाँदे गाउँपालिकालगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन्।

शाही अपहरणका लागि २०/२५ जनाको समूहको टोली उनको घर पुगेको थियो। त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको छ।

शाही विप्लवका कार्यकर्ताको पञ्जाबाट भागेर तालिमरत स्थान सैनामैनास्थित श्री नम्बर दुई गणमा फर्केका छन्। शाही कति दिन अपहरणकारीको कब्जामा रहे त्यो विषय भने खुलेको छैन।

शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको जंगी अड्डाका अधिकारीले पुष्टि गर्दै भने, ‘अपहरणमा परेका सैन्य अधिकारी सेनाको सम्पर्कमा आएका छन्। उनी सकुसल छन्।’अपहरणका बेला विप्लव समूहले आफूलाई कुनै शारीरिक यातना नदिएको शाहीले जानकारी गराएका छन्।

मन्त्रिपरिषद्को फागुन २८ को बैठकले विप्लव समूहलाई आपराधिक समूह किटान गरी उनीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि सुरक्षा निकायले विप्लव समूहका कार्यकर्तालाई दिनहुँजसो पक्राउ गरिरहेको छ। विप्लव समूहले सैनिक अधिकारीलाई अपहरण गरेको घटनालाई लिएर जंगी अड्डा गम्भीर बनेको छ। सेनालाई उत्तेजित गराउने उद्देश्यले सैनिक अधिकारीको अपहरण गराइएको हुुन सक्ने जंगी अड्डाको बुझाइ छ।

‘नेपाली सेनालाई उत्तेजित गराउने उद्देश्यले यस्ता गतिविधि गराइएको हुन सक्छ,’ एक उच्च सैनिक अधिकारीले अन्नपूर्णसँग भने, ‘सेनालाई उत्तेजित बनाई विप्लवका गतिविधिविरुद्ध परिचालित गराउने षड्यन्त्र त होइन भन्ने आशंका बढिरहेको छ। सैनिक नेतृत्व तहबाटै यसमा विश्लेषण पनि भइरहेको छ।’

जेष्ठ नागरिकलाई कैद मिनहा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । ज्येष्ठ नागरिकको अधिकार उपयोग गर्दै कास्की कारागारका ३ जनाले कैद मुक्त भएका छन्। उच्च अदालतले ७२ वर्षे हरिमाया थापा बर्मेली, ६७ वर्षे दिलीप सुवेदी र ७७ वर्षे नरध्वज गुरुङलाई प्रक्रिया पुर्‍याएर छाड्न आदेश गरेको हो।

ज्येष्ठ नागरिक ऐन २०६३ अनुसार उनीहरुलाई शुक्रबार कैद छुट भएको हो। उक्त ऐनको दफा १२ (१) मा कैद छुटको प्रावधान छ। ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशतसम्म कैद छुट व्यवस्था ऐनले गरेको छ। ७० वर्ष उमेर पूरा भई ७५ वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई ५० प्रतिशत र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट हुने उक्त ऐनमा छ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ३५ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार