दलका घोषणापत्र : एजेण्डा कागजमै सीमित, केबल जनमत जुटाउने अस्त्र ! | Khabarhub Khabarhub

दलका घोषणापत्र : एजेण्डा कागजमै सीमित, केबल जनमत जुटाउने अस्त्र !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेस लगायतका दलले संसदीय निर्वाचनताका जनस्वास्थयबारे विभिन्न नारा अघि सारेका भएपनि कार्यान्वयनफर्त खासै चासो देखाएको पाइँदैन ।

यो समाचार आजको राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । विभिन्न दलले जनस्वास्थ्यबारे आकर्षक नारा प्रस्केका भए पनि ती नारा कागजमै सीमित भएका छन् । यसले दलहरुको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ । निर्वाचनपछि नेकपा दुई तिहाई नजिक पुगेको भए पनि उसका चुनावी एजेन्डा कागजमै अलपत्र बनेका छन् ।

नेकपाले आफ्नो चुनावी घोषणापत्रमा नगरपालिकाको केन्द्रमा ५० शय्याको अस्पताल बनाउने, प्रत्येक वडामा दक्ष जनशक्ति सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने, बलमृत्युदर शून्यमा झार्ने, सवै प्रदेशमा १ हजार शय्याको अस्पताल बनाउन लगायतका महत्वपूर्ण विषयहरु उल्लेख थिए । तर ती मध्य अधिकांश एजेण्डा कागजमै सीमित बनेका छन् ।

नेकपाको सरकार गठनपछि नीति तथा कार्यक्रम दुई पटक आइसकेको भएपनि घोषणापत्रमा रहेका स्वास्थ्यसम्बन्धी अधिकांश बुँदा त्यसमा समेटिएका छैनन् । यसले आम जनतामा निराशा छाउँदै आएको छ ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्रमिक रुपमा पार्टीको घोषणापत्रलाई कार्यान्वयनमा ल्याइने दाबी गरेका छन् । त्यस्तै नेकपाका नेता योगेश भट्टराईले घोषणापत्रमा समेटिएका कार्यक्रम सरकारको आगामी नीति तथा कार्यक्रममा समेटिने दाबी गर्दै अहिलेको नीति तथा कार्यक्रममा केही विषयहरु समेटिएको बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ५ : ३० बजे

गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

गुल्मी– गुल्मीको मदाने गाउँपालिका– १ अन्तर्गत कचुरखर्कमा गएराति ट्याक्टर दुर्घटना

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारी : चार जना नयाँ मन्त्री बन्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी

पर्यटकीयस्थल दूधकुण्ड पुग्ने क्रममा १० घण्टा बेपत्ता हुँदा…

सोलुखुम्बु– ‘पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन,

युवा नेतृत्वः खोइ साहस र मौलिक दृष्टि ?

नेपाली राजनीतिको रंगमञ्चमा अहिले कुरूप नाटकको प्रदर्शन भइरहेको छ। केन्द्रका