उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै « Khabarhub

उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन आज (आइतबार) युरोपेली मुलुक अष्ट्रियाको भ्रमणका लागि जाने भएका छन् । उनको अष्ट्रिय भ्रमण एकसाता लामो हुनेछ ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा जान लागेका उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।

पुनको भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतको टोली छ । सात दिने भ्रमण तालिका अन्तर्गत उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा नेपालको धारणा राख्ने छन्।

त्यस्तै उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । भियना हुने अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा पनि उपराष्ट्रपति पुनले सहभागिता जनाउनेछन् ।

त्यस्तै अष्ट्रियामा रहेका नेपालीसँग भेटघाटका साथै अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि बन्ने छन् । दूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ४५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि