‘म्याट’ पीचमा क्रिकेट खेल्नुपर्ने बाध्यता ! | Khabarhub Khabarhub

‘म्याट’ पीचमा क्रिकेट खेल्नुपर्ने बाध्यता !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेल गराउँदै मैदानको उद्घाटन गरिएको छ । योजना अनुसार पूर्वाधार नबन्दा मैदानमा म्याट बिछ्याएर खेल खेलाउनुपर्ने अवस्था सिर्जना भएको छ । यो प्रतियोगिता मुलपानी क्रिकेट मैदानमै गराउनु आफ्नो प्रतिष्ठा ठानेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वले मैदानमा ‘म्याट’ ओछ्याएरै भएपनि प्रतिबद्धता पूरा गरेको छ । तर, यस कामले खेलको विकासमा कस्तो प्रभावपर्छ बहसको विषय बन्ने छ।

मुलपानी क्रिकेट मैदानमै प्रतियोगिता गराउने भन्दै ३ पटक प्रतियोगिताको मिति सारिएको थियो । जेठ १ गते मैदानकै कारण देखाउँदै ८ गतेलाई सारिएको प्रतियोगिताको उद्घाटन १० गते त भयो । तर, मुलपानी क्रिकेट मैदानमा होइन, कीर्तिपुर क्रिकेट मैदानमा । कारण थियो मुलपानी क्रिकेट मैदानको पीच तथा अन्य पूर्वाधार नबन्नु ।

तर, राखेप नेतृत्वले पूर्वाधारको विषयलाई गौणमा राखी प्रतियोगिताको केही खेल मूलपानीमै गराएको छ । रमाइलो त यो छ मजबुद पीचमा खेल्नुपर्ने क्रिकेटलाई राखेपले म्याट विछ्याएर प्रतिस्पर्धा गराएको छ। खेलाडीका लागि मैदान अभाव समस्या थियो । प्रतिस्पर्धामै उत्रिँदा म्याटको पीचमा खेल्नु कति चुनौतीपूर्ण हुन्छ । प्रतियोगिता सकिएपछि खेलाडीले भन्नेछन् ।

प्रधानमन्त्री कप अन्तर्गत आज (आइतबार) नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेल मुलपानीमा जारी छ । आजसम्म पनि पीच पूर्ण रुपमा बन्न नक्दा म्याट विछ्याएर नै राखेपले विभागीय टोली नेपाल पुलिस क्लब र कर्णाली प्रदेशबीचको खेलाउँदै छ।

क्रिकेट खेलाडीका लागि सबभन्दा महत्वपूर्ण पूर्वाधार भित्र पर्ने पीच नै नबेको मैदानमा खेलाउन राखेपलाई के कुराको दबाब पर्यो भन्ने पनि आम क्रिकेट प्रशंसककले आलोचना गरिरहेका छन् ।

राखेपले भने कमजोर पीचमा खेलाउनुपर्ने ढाकछोप गर्दै समयमै खेल सक्न र मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न भएको सन्देश दिन प्रतियोगिताका केही खेल खेलाइएको दाबी गरेको छ । राखेपका सदस्यसचिव केशवकुमार बिष्टले मुलपानीमा खेल खेलाएर अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान खेल्न योग्य भएको सन्देश दिन चाहेको बताए । विष्टले जसरी पनि मूलपानी क्रिकेट मैदान सञ्चालनमा ल्याएर आफूले काम गरेको जस लिने प्रयास गरेको क्रिकेट प्रेमीको आलोचना छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : २७ बजे

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो ३९ बुँदे कार्ययोजना

काठमाडौं– उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता

देशभर मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय

भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे : कुन देशमा कुन साइतमा टीका लगाउने ?

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ

कर्णालीभर सञ्चार सेवा पहुँच विस्तार गर्दै नेपाल टेलिकम

कर्णाली– नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको

विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

काठमाडौं – ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको