अस्पतालमै छैन सरकारले निःशुल्क दिने औषधि, सिकलसेल एनिमियाका बिरामी रोग पालेर बस्दै « Khabarhub

अस्पतालमै छैन सरकारले निःशुल्क दिने औषधि, सिकलसेल एनिमियाका बिरामी रोग पालेर बस्दै


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ ।

औषधि अभाव भएपनि सिकलसेलका बिरामीहरु मर्कामा परेका छन् । ६ महिनादेखि औषधि नपाएको दाङका तुलसीपुरका सिकलसेल एनिमियापीडित जीत बहादुर चौधरीले बताए ।

उनले भने, ‘५–६ महिना भयो हामीले औषधि पाएका छैनौं, यहाँ औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता छ ।’

सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सिकलसेलका बिरामीलाई एक लाख बराबरको औषधि निःशुल्कक वितरण गर्न निर्देशन दिएको थियो । तर अस्पतालमा नै औषधि अभाव भएपनि विपन्न वर्गका बिरामीहरु महिनौदेखि औषधि नै नखाइ बसेका छन् ।

औषधि नखाँदा बिरामीहरुमा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसक्ने अवस्थमा पुगेका छन् ।  दाङका सिकलसेल एनिमियाका बिरामीले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएका हुन् ।

दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताए । उनले भने, ‘सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ,अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।’

दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभाव भएपनि बिरामीहरुमा फेरी स्वास्थ्य समस्या देखिन थालेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : ०९ बजे

घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको म्याग्दीको दोभान

म्याग्दी– वरपर भिरालो पाखा । पाखाभरी जङ्गल । जङ्गलको पूर्व

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ कृष्ण

आज २०८३ साल वैशाख २६ गते शनिबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २६ गते शनिबार । जेठ

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर