रोजगारीको नाममा वैशाखमा करोडौंको ठगी, एउटै म्यानपावरका नाममा ८ उजुरी « Khabarhub

रोजगारीको नाममा वैशाखमा करोडौंको ठगी, एउटै म्यानपावरका नाममा ८ उजुरी


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा वैशाख महिना मात्र ६ करोडभन्दा धेरै आर्थिक ठगीको उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ ।

विभागले सार्वजनिक गरेको उजुरी तथा उजुरी फर्छौटको प्रतिवेदनअनुसार वैशाख महिनामा मात्र ६ करोड भन्दा धेरै रकम ठगी भएको उजुरी दर्ता भएको हो ।

चैत मसान्तसम्म ४४ करोड रुपैयाँभन्दा केही बढी रकमको वैदेशिक रोजगार ठगीको उजुरी परेकोमा वैशाख मसान्तमा आउँदा उक्त विगो ५० करोड नाघेको विभागको प्रतिवदेनमा उल्लेख छ ।

वैशाख महिनामा ५९ वटा म्यानपावर कम्पनी विरुद्ध ७७ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये सबै भन्दाबढी इजाजतपत्र नं १०३८/०७३/०७४ को ईगल हण्टर ओभरसीज प्रालिविरुद्ध ८ वटा उजुरी दर्ता भएका छन् ।

उजुरी पर्नेमा पुराना भन्दा नयाँ भनिने इजाजतपत्र नं १०३८ पछिका म्यानपावर कम्पनी देखिएका छन् । धरै उजुरी कतार, पोर्चुगल, त्यसपछि क्रमश पोल्याण्ड, माल्टा र क्यानडामा कामदारलाई पठाउने भनेर ठगी गर्नेगरेको विभागको भनाइ छ । वैशाख महिनामा विभागले कुनैपनि म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्दा दायर गरेको छैन ।

वैशाख मसान्तसम्म म्यानपावर कम्पनीविरुद्ध १ हजार २२ र व्यक्तिगत ठगीतर्फ ६ सय ७० उजुरी परेका छन् । संस्थागततर्फ हालसम्म २२ करोड ४९ लाख २९ हजार बीगो दाबी गरिएकोमा ८ करोड ३६ लाख फर्छौट भएको छ भने व्यक्तिगततर्फ ६ सय ५७ उजुरीमा ४३ करोड बराबर बीगो दाबी रहेकोमा ४ करोड ३० लाख ४५ हजार मात्र रुपैयाँ फर्छौट भएको छ ।

वैशाख महिनामा संस्थागत तर्फ ९१ र व्यक्तिगत तर्फ ६८ गरी १ सय ५९ वटा उजुरीमा ६ करोड बराबर रुपैयाँ बीगो दाबी गरिएको छ । संस्थागत तर्फका २३ वटा उजुरीमा १४ लाख ५२ हजार बीगो दाबी गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : २८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर