ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता « Khabarhub

ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवको घरमा काम गर्ने अस्पतालकी एक महिला कर्मचारी अस्पतालकै कार्यमा फर्किएकी छन् ।

ट्रमा सेन्टरमा निर्देशक डा यादवले अस्पतालको कर्मचारीलाई आफ्नो निजी काममा लगाएको विषयमा खबरहबले ‘सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि डा यादवले आफ्नो घरमा निजी कामका लागि खटाइएकी महिला कर्मचारीलाई घरको कामबाट छुट्कारा दिएका हुन् ।

डा यादवको घरमा बैशाख १५ गतेदेखि कार्यतर ती कर्मचारी शुक्रबारदेखि अस्पतालकै काममा फर्किएकी छन् । खबरहबमा समाचार प्रकाशित भएसँगै डा. यादवले ती महिला कर्मचारीलाई घरको कामबाट फिर्ता गराएको ट्रमा सेन्टर स्राेतले खबरहबलाई जानकारी दियो ।

‘एकसाताका लागि भन्दै घरमा काम गर्न लगाएका थिए, तर एक महिना हुनलाग्दा पनि घरमै छोरा हेर्न र घरको काममा लगाए, त्यो समाचार आएकै दिनदेखि अब घरमा काम गर्नु पर्देन अस्पतालमै आउनु भने,’ महिला कर्मचारी निकट स्रोतले खबरहबसँग भन्यो, ‘शुक्रबारदेखि नै अस्पतालमै हाजिरी भएर काम गरीरहेकी छन् ।’

ती महिला कर्मचारी ४ वर्षअघिदेखी नमस्ते गाड्रेनिङ कन्सलटेन्सीमार्फत ठेक्कामा ट्रमा सेन्टरमा काम गर्दै आएकी थिइन् ।

सार्वजनिक खरिद नियमावलीअन्तर्गत सेवा करारमा लिने सम्बन्धी कार्यविधिअनुसार ठेक्कामा नियुक्त कर्मचारीले सरकारी अनुदान समेत हुने अस्पतालको कोषबाट तलब खान्छन् । डा यादवले सरकारबाट तलब खाने कर्मचारीलाई आफ्नो घरायसी काममा खटाएका थिए ।

सरकारी कोषबाट खटिने कर्मचारीलाई निजी काममा प्रयोग गरेमा निजी कार्यमा खटाउने व्यक्तिले नै ती कर्मचारीको तलब भराउनुपर्ने कानूनी व्यवस्था छ ।

सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको