ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता « Khabarhub

ट्रमा सेन्टरका प्रमुखले निजी काममा खटाएकी कर्मचारी अस्पतालको काममा फिर्ता


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डाक्टर प्रमोद यादवको घरमा काम गर्ने अस्पतालकी एक महिला कर्मचारी अस्पतालकै कार्यमा फर्किएकी छन् ।

ट्रमा सेन्टरमा निर्देशक डा यादवले अस्पतालको कर्मचारीलाई आफ्नो निजी काममा लगाएको विषयमा खबरहबले ‘सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख शिर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि डा यादवले आफ्नो घरमा निजी कामका लागि खटाइएकी महिला कर्मचारीलाई घरको कामबाट छुट्कारा दिएका हुन् ।

डा यादवको घरमा बैशाख १५ गतेदेखि कार्यतर ती कर्मचारी शुक्रबारदेखि अस्पतालकै काममा फर्किएकी छन् । खबरहबमा समाचार प्रकाशित भएसँगै डा. यादवले ती महिला कर्मचारीलाई घरको कामबाट फिर्ता गराएको ट्रमा सेन्टर स्राेतले खबरहबलाई जानकारी दियो ।

‘एकसाताका लागि भन्दै घरमा काम गर्न लगाएका थिए, तर एक महिना हुनलाग्दा पनि घरमै छोरा हेर्न र घरको काममा लगाए, त्यो समाचार आएकै दिनदेखि अब घरमा काम गर्नु पर्देन अस्पतालमै आउनु भने,’ महिला कर्मचारी निकट स्रोतले खबरहबसँग भन्यो, ‘शुक्रबारदेखि नै अस्पतालमै हाजिरी भएर काम गरीरहेकी छन् ।’

ती महिला कर्मचारी ४ वर्षअघिदेखी नमस्ते गाड्रेनिङ कन्सलटेन्सीमार्फत ठेक्कामा ट्रमा सेन्टरमा काम गर्दै आएकी थिइन् ।

सार्वजनिक खरिद नियमावलीअन्तर्गत सेवा करारमा लिने सम्बन्धी कार्यविधिअनुसार ठेक्कामा नियुक्त कर्मचारीले सरकारी अनुदान समेत हुने अस्पतालको कोषबाट तलब खान्छन् । डा यादवले सरकारबाट तलब खाने कर्मचारीलाई आफ्नो घरायसी काममा खटाएका थिए ।

सरकारी कोषबाट खटिने कर्मचारीलाई निजी काममा प्रयोग गरेमा निजी कार्यमा खटाउने व्यक्तिले नै ती कर्मचारीको तलब भराउनुपर्ने कानूनी व्यवस्था छ ।

सरकारी कोषबाट तलब खाने कर्मचारीलाई निजी काममा खटाउँदै ट्रमा सेन्टरका प्रमुख

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका