आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते « Khabarhub

आफैँले बोकेको भरुवा बन्दुक पड्किएर चेपाङ घाइते


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जना घाइते भएका छन् ।

बिहिवार भरतपुर महानगरपालिका–२९ इन्द्रेणी सामुदायिक वनको डल्लेआहाल भन्ने स्थानमा गोली चलेको र त्यस क्रममा एक जना घाइते भएको समाचार बाहिरिएका थिए । तर उक्त गोली कसैले नचलाई ३९ वर्षीय सुकबहादुर चेपाङले बोकेको भरुवा बन्दुक पड्किएर उनी घाइते भएको प्रहरीले कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा निज चेपाङले बाहिरबाट गोलीको छर्रा आएर आफूलाई लागेको भनी दिएको बयान गलत भएको जानकारी दिनाका साथै उनीसहित अवैधरूपमा भरुवा बन्दुक प्रयोग गर्ने अन्य दुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

निजहरुले प्रयोग गरेको तीन भरुवा बन्दुक पनि बरामद गर्नाका साथै उक्त कार्यमा संलग्न सोही ठाउँका ३५ वर्षीय सोमबहादुर गुरुङ र ३४ वर्षीय सूर्यबहादुर चेपाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घाइते चेपाङको बन्दुक खाली रहेको र अन्य दुई बन्दुक भरिएको अवस्थामा भेटिएको बताए । दाहिने खुट्टाको घुँडामा गोलीको छर्रा लागेका घाइते चेपाङलाई थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको उनले बताए ।

निजहरुले सो वन क्षेत्रमा बँदेल, जरायोलगायत जनावरको शिकार गर्ने गरेको आरोपमा मुलुकी अपराध संहिता २०७४ को दफा १२९ को उपदफा २ अनुसार १० वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुनुपर्ने माग सहित मुद्दा दर्ता गर्न लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ४५ बजे

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य