पीएम कप क्रिकेट : आर्मीद्वारा प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य « Khabarhub

पीएम कप क्रिकेट : आर्मीद्वारा प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर १ लाई २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारीत ५० ओभर पुरा खेल्दै सबै विकेट गुमाएर २ सय४ रन बनाएको हो ।

आर्मीका लागि राजेश पुलामि मगरले अर्धशतक पुरा गरे । उनले ५६ रन बनाए थिए । यस्तै, हरि बहादुर चौहानले ४६ रन, कप्तान विानेद भण्डारीले ३० रन बनाउँदा करण केसीले २६ रन बनाए ।

आर्मीविरुद्ध प्रदेश नम्बर १ का दिपेश कडेंलले ३ विकेट लिए भने फिर्दोस अन्सारी, सिदान्त लोहनी र मुकुन्द यादवले समान २–२ विकेट लिए । यस्तै, पुस्प थापाले एक विकेट लिए ।

प्रदेश नम्बर १ केही बेरमा मैदान उत्रिदैछ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १२ : ४९ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी