अब मोबाइल एपबाटै वैदेशिक रोजगारीको डिमाण्ड थाहा पाइने « Khabarhub

अब मोबाइल एपबाटै वैदेशिक रोजगारीको डिमाण्ड थाहा पाइने


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा डिमाण्ड खोज्न नामक एप सञ्चालनमा ल्याएको छ ।

यो एपमा वैदेशिक रोजगारीका लागि विदेशबाट आउने डिमाण्डको सम्पूर्ण जानकारी उपलब्ध हुने विभागले जानकारी दिएको छ । अब वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुले विभागको वेबसाइटमा गएर काम, दाम, कम्पनी, यताको म्यानपावर एजेन्सी सबैको पूर्ण जानकारी एपबाट लिन सक्ने विभागले जनाएको छ ।

कानूनी दायित्व नलिने एजेन्ट भनिने विचौलियाहरुले गाउँ–गाउँबाट बैदेशिक रोजगारमा जान चाहने कामदार ल्याएर म्यानपावर कम्पनीसँग सम्पर्क गराई लाभ लिने गरेको र यसलाई रोक्न एपले सहयोग गर्ने विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले बताएका छन् । वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीका लागि खाडीका मुलुक र मलेसिया जाने कामदार फ्रि भिसा फ्रि टिकटमा जाने भनेपनि एजेन्टहरुले उनीहरुसँग धेरै पैसा लिएर म्यानपावरलाई बुझाउने गरेका छन् ।

म्यानपावरले धेरै रकम लिएपनि १० हजार रुपैयाँ रिसिभ रसिद दिदै आएका छन् । वैदेशिक रोजगारी क्षेत्रमा धेरै ठगीमा म्यानपावर कम्पनीभन्दा एजेन्टले गर्ने गरेको विभागको बुझाइ छ ।

एजेन्टले कामदारसँग रकम लिएको कुनै प्रमाण हुँदैन । विभिन्न जिल्लामा एजेन्टहरूले म्यानपावर एजेन्सीको शाखा भन्दै कामदारसँग रकम असुल्ने गरेका छन् । प्रयोगमा ल्याएको एप मार्फत एजेन्टले गदै आएको ठगी नियन्त्रण हुने विभागको बुझाइ छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर