अब मोबाइल एपबाटै वैदेशिक रोजगारीको डिमाण्ड थाहा पाइने | Khabarhub Khabarhub

अब मोबाइल एपबाटै वैदेशिक रोजगारीको डिमाण्ड थाहा पाइने


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा डिमाण्ड खोज्न नामक एप सञ्चालनमा ल्याएको छ ।

यो एपमा वैदेशिक रोजगारीका लागि विदेशबाट आउने डिमाण्डको सम्पूर्ण जानकारी उपलब्ध हुने विभागले जानकारी दिएको छ । अब वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुले विभागको वेबसाइटमा गएर काम, दाम, कम्पनी, यताको म्यानपावर एजेन्सी सबैको पूर्ण जानकारी एपबाट लिन सक्ने विभागले जनाएको छ ।

कानूनी दायित्व नलिने एजेन्ट भनिने विचौलियाहरुले गाउँ–गाउँबाट बैदेशिक रोजगारमा जान चाहने कामदार ल्याएर म्यानपावर कम्पनीसँग सम्पर्क गराई लाभ लिने गरेको र यसलाई रोक्न एपले सहयोग गर्ने विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले बताएका छन् । वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीका लागि खाडीका मुलुक र मलेसिया जाने कामदार फ्रि भिसा फ्रि टिकटमा जाने भनेपनि एजेन्टहरुले उनीहरुसँग धेरै पैसा लिएर म्यानपावरलाई बुझाउने गरेका छन् ।

म्यानपावरले धेरै रकम लिएपनि १० हजार रुपैयाँ रिसिभ रसिद दिदै आएका छन् । वैदेशिक रोजगारी क्षेत्रमा धेरै ठगीमा म्यानपावर कम्पनीभन्दा एजेन्टले गर्ने गरेको विभागको बुझाइ छ ।

एजेन्टले कामदारसँग रकम लिएको कुनै प्रमाण हुँदैन । विभिन्न जिल्लामा एजेन्टहरूले म्यानपावर एजेन्सीको शाखा भन्दै कामदारसँग रकम असुल्ने गरेका छन् । प्रयोगमा ल्याएको एप मार्फत एजेन्टले गदै आएको ठगी नियन्त्रण हुने विभागको बुझाइ छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १ : ०८ बजे

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती– लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो

टीकापुर बहृत उद्यान : दुई दिनमा साढे पाँच लाख दस्तुर सङ्कलन

टीकापुर– टीकापुर नगरपालिका–५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा

पोङ्कर ताल जाने पदमार्ग निर्माण गरिँदै

मनाङ– नासोँ गाउँपालिका–६ र ७ मा पर्ने पोङ्कर ताल जाने पदमार्ग