२६ वर्षमा ५५ लाख नेपाली काम खोज्दै विदेश पुगे « Khabarhub

२६ वर्षमा ५५ लाख नेपाली काम खोज्दै विदेश पुगे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २६ बर्षको अवधिमा करिब ५५ लाख नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । २०५० सालदेखि वैशाख मसान्तसम्ममा ५५ लाख ५८ हजार युवा कामको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपाल सरकारले संस्थागत र व्यक्तिगत गरी दुई तरिकाले कामको खोजीमा विदेशिने युवालाई श्रम स्वीकृति जारी गदै आएको छ ।

रोजगारीको जाने नेपाली युवाको संख्या बढदै गएपछि सरकारले पहिलो पटक वैदेसिक रोजगार ऐन २०४२ ल्याएको थियो । ०४२ मा ऐन बनेपनि वैदेशिक रोजगारीमा जाने कामदारको तंथ्याक संकलन भने श्रम तथा यातायात मन्त्रालयअन्र्तगत २०५० सालबाट मात्र शुरु गरेको थियो ।

सरकारले तंथ्याक संकलन शुरु गरेको पहिलो आर्थिक बर्ष २०५०/५१ साल ४ हजार ५ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले रोजगारीमा जाने कामदारको विवरण तंथ्याक राख्न शुरु गरेको २६ बर्षको अवधिमा ५५ लाख ५८ हजार ९ सय ४३ जना सरकारसँग श्रम स्वीकृति लिएर विभिन्न देश पुगेका छन् । यो अवधिमा वैदेशिक रोजगारीको खोजिमा विदेशिनेको संख्या ३ सय गुणाले बृद्धि भएको विभागको तंथ्याकमा छ ।

२०५० सालदेखि हालसम्मको विभागको तंथ्याकमा हेर्न हो भने रोजगारीका जाने कामदारको संस्या वार्षिक रुपमा बृद्धि भएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वार्षिक रुपमा बढदै गएको वैदेशिक रोजगार विभागमा महानिर्देशक भिष्मकुमार भुषालले बताएका छन् ।

‘देशमा लामो आन्तरिक द्धन्द्ध र देशभित्रको रोजगार अस्तव्यस्त भएका कारण पनि कामको खोजीमा विदेशिने नेपाली कामदारको संख्या वार्षिक रुपमा बढ्दो छ । हाल सरकारले नै देश भित्रको रोजगारी व्यवस्थित गरी युवालाई काम दिने लक्ष्य अघि सारेको छ ।

जसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या घटदै जाने छ,’ महानिर्देशक भुषालले भने, ‘देशभित्र काम गर्ने वातावरण निर्माण हुँदै गएपछि वैदेशिक रोजगारीको विकल्प खोज्न सरकारलाई कठिनाइ हुँदैन । विदेशबाट फर्किएर देशभित्र केही व्यवसायी गरौं भने भावनाको विकास भइरहेको छ ।’

अब रोजगारीमा जाने कामदारलाई दक्षतामा विकास गरेर मात्र विदेश पठाउन पक्षमा सरकार रहेको उनको भनाइ छ ।

स्वदेशमा रोजगारीको अवसर नहुदाँ रोजगारीको खोजी धेरै युवा विदेश पालयन हुन् बाध्य भइरहेको रोजगारविज्ञ मधुविलाश पण्डित बताउँछन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटाउन मुस्किल हुने रोजगारविज्ञ पण्डितले बताए । उनले भने, ‘नेपाली युवालाई वैदेशिक रोजगारीमा गएर काम गर्ने लत बसिसकेको छ । देशभित्र जस्तोसुकै काम पाएपनि विदेश नै जानुपर्छ भने नेपाली युवाको मनस्थिति तोडन सरकारलाई समय लाग्छ । बाध्यताकारी वैदेशिक अन्त्य गर्ने सजिलो छैन । सरकारका लागि पनि यो चुनौतीको विषय हो ।’

स्रोत: वैदेशिक रोजगार विभाग


खाडीका ८ देशमा ८० प्रतिशत नेपाली युवा

आर्थिक बर्ष २०६३/६४ बाट रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा बृद्धि भएको विभागको तंथ्याकमा उल्लेख छ । यो आर्थिक वर्षदेखि एक लाखभन्दा धेरै युवा रोजगारीको खोजीमा जाने शुरु गरेको विभागको तंथ्याकमा छ । नेपालबाट ८० प्रतिशत युवा कतार, साउदी, युएई, ओमन, कुवेत, बहरइन, जोर्डन र मलेसिया जाने गरेको विभागको तंथ्याकमा छ । सरकारले यी देश जाने कामदारका हकमा सरकारले २०७२ सालबाट सरकारले फ्रि भिसा र टिकट लागू गरेको छ । फ्रि भिसा र टिकट लागू भएपछि २० लाख भन्दा बढी युवा रोजगारीका लागि गएका छन् ।

आर्थिक वर्ष २०६३/६४ यता रोजगारीमा विभिन्न देश विभिन्न देश पुगेका ८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ५ हजारभन्दा अंगभंग भएर स्वदेश फर्किएका छन् । भने, लाखभन्दा बढी समस्यामा परेका नेपाली कामदारलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

१३ वर्षअघि रोजगारीमा जाने महिलाको संख्या शुन्य

१३ बर्षअघि रोजगारीका लागि विदेशिने महिलाको संख्या शुन्य थियो । आर्थिक बर्ष २०६३ /६४ सालदेखि मात्रै रोजगारीका लागि विदेश जान कामदारको लैंगिक आधारमा विभागले तंथ्याक संकलन गरी राख्न शुरु गरिएको थियो । त्यो अवधिमा रोजगारीमा जाने महिलाको संख्यामा संख्या शुन्य थियो ।

विभागले तंथ्याक राख्न शुरु गरेको १३ बर्षमा रोजगारीका लागि बाहिरिने महिलाको संख्यामा पनि बृद्धि भएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । सरकारले तंथ्याक राख्न शुरु गरेका साल ९० जना महिला रोजगारीका लागि बाहिरिएका थिए । १३ बर्षपछि यो संख्या बढेर करिब ४० हजार पुगेको छ । गएका १३ वर्षमा करिब १२ लाखभन्दा धेरै महिला कामको खोजीमा विदेशिएको विभागको तंथ्याकका उल्लेख छ । गत आर्थिक बर्षमा ४० हजार महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । सरकारले अहिले महिला घरेलुमा जान रोक लगाएको छ ।

चालु आर्थिक शुरु भएको १० महिलामा ३० हजारभन्दा धेरै महिला कामको खोजीमा विभिन्न देश पुगेको विभागको तंथ्याकमा उल्लेख छ । सरकारले २०७३ साल चैतदेखि घरेलु महिला कामदारका हकमा श्रम स्वीकृतिमा रोक लगाएपछि अवैध भएर नेपाली महिला खाडीका देश, मलेसिया र अन्य देश गइरहेका छन् । नेपाल सरकारले घरेलु काममा खाडीका देश र मलेसिया जान प्रतिबन्ध लगाए पनि ती देश नेपाली गइरहेका छन् । हाल दैनिक २ सयको हाराहारीमा नेपाली महिला रोजगारीमा जाने गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ४३ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न