दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’ « Khabarhub

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’


१ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डबारे वर्षौंदेखि फैलाइएको सूचना सही नभएको दाबी गरेका छन्।

नेकपा (एमाले)को वेबसाइट तथा मोबाइल एपको नवीन संस्करण सार्वजनिक कार्यक्रमलाई शुक्रबार च्यास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले दरबार हत्याकाण्डबारे एकपक्षीय सूचना र अफवाहले लामो समयसम्म जनमानसमा प्रभाव पारेको बताए।

उनले दरबार हत्याकाण्डपछि युवराज दीपेन्द्र शाहले तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्या शाहसहित परिवारका सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा विश्वभर फैलाइएको उल्लेख गर्दै त्यसलाई सही सूचना मान्न नसकिने दाबी गरे।

‘बीस वर्षसम्म एकपक्षीय सूचनाले राज गर्‍यो। बिनाअध्ययन अफवाहले हाम्रो दिमागमा घर गर्‍यो। एउटा कथा बनाइयो, त्यसलाई विश्वभरका सञ्चारमाध्यमले फैलाए। वास्तवमा त्यो सूचना सही होइन। दीपेन्द्रले बाबुआमाको हत्या गरेका होइनन्,’ ओलीले भने।

उनले समाजमा तथ्यभन्दा हल्ला र झुटो सूचना छिटो पत्याउने प्रवृत्ति बढ्दै गएको पनि टिप्पणी गरे। आफूहरूले गरेका कामको चर्चा कम हुने तर अरूका नाममा विभिन्न हल्ला फैलाइने गरेको उनको भनाइ थियो।

‘जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भनेर हल्ला गरिन्छ। झुट पत्याउने बानी समाजमा पर्न लागिसकेको छ,’ उनले भने।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ५८ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि