२६ वर्षमा ५५ लाख नेपाली काम खोज्दै विदेश पुगे | Khabarhub Khabarhub

२६ वर्षमा ५५ लाख नेपाली काम खोज्दै विदेश पुगे


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २६ बर्षको अवधिमा करिब ५५ लाख नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन् । २०५० सालदेखि वैशाख मसान्तसम्ममा ५५ लाख ५८ हजार युवा कामको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपाल सरकारले संस्थागत र व्यक्तिगत गरी दुई तरिकाले कामको खोजीमा विदेशिने युवालाई श्रम स्वीकृति जारी गदै आएको छ ।

रोजगारीको जाने नेपाली युवाको संख्या बढदै गएपछि सरकारले पहिलो पटक वैदेसिक रोजगार ऐन २०४२ ल्याएको थियो । ०४२ मा ऐन बनेपनि वैदेशिक रोजगारीमा जाने कामदारको तंथ्याक संकलन भने श्रम तथा यातायात मन्त्रालयअन्र्तगत २०५० सालबाट मात्र शुरु गरेको थियो ।

सरकारले तंथ्याक संकलन शुरु गरेको पहिलो आर्थिक बर्ष २०५०/५१ साल ४ हजार ५ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले रोजगारीमा जाने कामदारको विवरण तंथ्याक राख्न शुरु गरेको २६ बर्षको अवधिमा ५५ लाख ५८ हजार ९ सय ४३ जना सरकारसँग श्रम स्वीकृति लिएर विभिन्न देश पुगेका छन् । यो अवधिमा वैदेशिक रोजगारीको खोजिमा विदेशिनेको संख्या ३ सय गुणाले बृद्धि भएको विभागको तंथ्याकमा छ ।

२०५० सालदेखि हालसम्मको विभागको तंथ्याकमा हेर्न हो भने रोजगारीका जाने कामदारको संस्या वार्षिक रुपमा बृद्धि भएको देखिन्छ ।
वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वार्षिक रुपमा बढदै गएको वैदेशिक रोजगार विभागमा महानिर्देशक भिष्मकुमार भुषालले बताएका छन् ।

‘देशमा लामो आन्तरिक द्धन्द्ध र देशभित्रको रोजगार अस्तव्यस्त भएका कारण पनि कामको खोजीमा विदेशिने नेपाली कामदारको संख्या वार्षिक रुपमा बढ्दो छ । हाल सरकारले नै देश भित्रको रोजगारी व्यवस्थित गरी युवालाई काम दिने लक्ष्य अघि सारेको छ ।

जसका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको छ । आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या घटदै जाने छ,’ महानिर्देशक भुषालले भने, ‘देशभित्र काम गर्ने वातावरण निर्माण हुँदै गएपछि वैदेशिक रोजगारीको विकल्प खोज्न सरकारलाई कठिनाइ हुँदैन । विदेशबाट फर्किएर देशभित्र केही व्यवसायी गरौं भने भावनाको विकास भइरहेको छ ।’

अब रोजगारीमा जाने कामदारलाई दक्षतामा विकास गरेर मात्र विदेश पठाउन पक्षमा सरकार रहेको उनको भनाइ छ ।

स्वदेशमा रोजगारीको अवसर नहुदाँ रोजगारीको खोजी धेरै युवा विदेश पालयन हुन् बाध्य भइरहेको रोजगारविज्ञ मधुविलाश पण्डित बताउँछन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटाउन मुस्किल हुने रोजगारविज्ञ पण्डितले बताए । उनले भने, ‘नेपाली युवालाई वैदेशिक रोजगारीमा गएर काम गर्ने लत बसिसकेको छ । देशभित्र जस्तोसुकै काम पाएपनि विदेश नै जानुपर्छ भने नेपाली युवाको मनस्थिति तोडन सरकारलाई समय लाग्छ । बाध्यताकारी वैदेशिक अन्त्य गर्ने सजिलो छैन । सरकारका लागि पनि यो चुनौतीको विषय हो ।’

स्रोत: वैदेशिक रोजगार विभाग


खाडीका ८ देशमा ८० प्रतिशत नेपाली युवा

आर्थिक बर्ष २०६३/६४ बाट रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा बृद्धि भएको विभागको तंथ्याकमा उल्लेख छ । यो आर्थिक वर्षदेखि एक लाखभन्दा धेरै युवा रोजगारीको खोजीमा जाने शुरु गरेको विभागको तंथ्याकमा छ । नेपालबाट ८० प्रतिशत युवा कतार, साउदी, युएई, ओमन, कुवेत, बहरइन, जोर्डन र मलेसिया जाने गरेको विभागको तंथ्याकमा छ । सरकारले यी देश जाने कामदारका हकमा सरकारले २०७२ सालबाट सरकारले फ्रि भिसा र टिकट लागू गरेको छ । फ्रि भिसा र टिकट लागू भएपछि २० लाख भन्दा बढी युवा रोजगारीका लागि गएका छन् ।

आर्थिक वर्ष २०६३/६४ यता रोजगारीमा विभिन्न देश विभिन्न देश पुगेका ८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ५ हजारभन्दा अंगभंग भएर स्वदेश फर्किएका छन् । भने, लाखभन्दा बढी समस्यामा परेका नेपाली कामदारलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।

१३ वर्षअघि रोजगारीमा जाने महिलाको संख्या शुन्य

१३ बर्षअघि रोजगारीका लागि विदेशिने महिलाको संख्या शुन्य थियो । आर्थिक बर्ष २०६३ /६४ सालदेखि मात्रै रोजगारीका लागि विदेश जान कामदारको लैंगिक आधारमा विभागले तंथ्याक संकलन गरी राख्न शुरु गरिएको थियो । त्यो अवधिमा रोजगारीमा जाने महिलाको संख्यामा संख्या शुन्य थियो ।

विभागले तंथ्याक राख्न शुरु गरेको १३ बर्षमा रोजगारीका लागि बाहिरिने महिलाको संख्यामा पनि बृद्धि भएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । सरकारले तंथ्याक राख्न शुरु गरेका साल ९० जना महिला रोजगारीका लागि बाहिरिएका थिए । १३ बर्षपछि यो संख्या बढेर करिब ४० हजार पुगेको छ । गएका १३ वर्षमा करिब १२ लाखभन्दा धेरै महिला कामको खोजीमा विदेशिएको विभागको तंथ्याकका उल्लेख छ । गत आर्थिक बर्षमा ४० हजार महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा उल्लेख छ । सरकारले अहिले महिला घरेलुमा जान रोक लगाएको छ ।

चालु आर्थिक शुरु भएको १० महिलामा ३० हजारभन्दा धेरै महिला कामको खोजीमा विभिन्न देश पुगेको विभागको तंथ्याकमा उल्लेख छ । सरकारले २०७३ साल चैतदेखि घरेलु महिला कामदारका हकमा श्रम स्वीकृतिमा रोक लगाएपछि अवैध भएर नेपाली महिला खाडीका देश, मलेसिया र अन्य देश गइरहेका छन् । नेपाल सरकारले घरेलु काममा खाडीका देश र मलेसिया जान प्रतिबन्ध लगाए पनि ती देश नेपाली गइरहेका छन् । हाल दैनिक २ सयको हाराहारीमा नेपाली महिला रोजगारीमा जाने गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  २ : ४३ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ