वर्षा र नाजिरको अन्तर्वार्ता लिएको ‘मिम नेपाल’ को युट्युब च्यानलविरुद्ध मिलनले दिए उजुरी « Khabarhub

वर्षा र नाजिरको अन्तर्वार्ता लिएको ‘मिम नेपाल’ को युट्युब च्यानलविरुद्ध मिलनले दिए उजुरी


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ का निर्देशक मिलन चाम्सले मिम नेपालको युट्युब च्यानलमा अपलोड भएको ‘टेडो टक्स’ र सोही च्यानलमाथि गरिएको एक समीक्षाविरुद्ध उजुरी हालेका छन् । निर्देशक चाम्सले आइतवार महानगरीय प्रहरी परिसर  पुगेर उजुरी दर्ता गराएका हुन् ।

प्रदर्शनअगाडि प्रचारका क्रममा फिल्मका दुई शीर्ष कलाकार वर्षा शिवाकोटी र नाजिर हुसेन मिम नेपालको च्यानलमा अन्तर्वार्ता दिन पुगेका थिए । उक्त अन्तर्वार्तामा कलाकारसँग प्रस्तुतकर्ताले निकै नै आक्रामक शैलीमा प्रश्न सोधेका थिए । यस्तो अन्तर्वार्ताले आफूलाई ठूलो क्षति पुगेको भन्दै चाम्सले मुद्दा दर्ता गराएका हुन् । युट्युब च्यानलमा उक्त कार्यक्रमको नाम ‘टेडो टक्स विथ आदर्श मिश्र’ भनेर राखिएको छ । अर्को एक समीक्षामा चक्कुको प्रयोग गरेरै समीक्षा गरिएको छ । अर्कातिर समीक्षा गर्ने व्यक्तिले छाडा शब्दको प्रयोग गरेर भिडियो बनाएका छन् ।

प्रहरीले युवकको खोजी गरेको चाम्सले खबरहबलाई बताए । उनका अनुसार ती युवक अहिले सम्पर्कविहीन छन् ।

निर्देशक मिलन चाम्सले आफूले उजरी दर्ता गराएको जानकारी दिँदै भने, ‘यो अन्तर्वार्ताले मेरो चलचित्रलाई प्रभाव परेको छ, त्यसैले क्षतिपूर्ति पनि माग गरेको छु, चलचित्रसम्बन्धि ज्ञान नभएका मान्छेले समीक्षा गरिरहेका छन्, यो भिडियो हेर्नेलाई पनि रिस उठेको छ, उसले कलाकारमाथि अवहेलना गरेको छ ।’

उनले मिम नेपालको समूहमाथि नै उजुरी दर्ता गराएको बताए । निर्देशक चाम्सले व्यक्तिगत रिसिइवीले मिम नेपाल टिमले आफूहरुलाई ब्ल्याकमेलिङ गर्न खोजेको पनि आरोप लगाए । ‘कतैबाट प्रयोग भइरहेको जस्तो लाग्छ, गाँजा खाएर बोलेको जस्तो देखिन्छ, हतियार पनि छ,’ चाम्सले भने ।

निर्देशक चाम्सका अनुसार प्रशासनले पनि यस्तो प्रकारको विकृत्तिलाई कारवाही गर्नुपर्छ भनेर चासो देखाएको बताए । चाम्सले यो एउटा राम्रो उदाहरण पनि भएको उनको भनाइ थियो ।

चाम्सलाई चलचित्र निर्माता संघ, प्राविधिक, चलचित्र पत्रकार लगायतले हौसला बढाएका थिए । निर्माता तथा चलचित्र निर्माता संघका अध्यक्षले पनि कानूनी सजाय पाउनुपर्ने धारणा राखे । उनले ब्ल्याकमेलिङ समेत गरेको निर्माता अधिकारीले बताए ।

निर्देशक चाम्सले मिम नेपालसँग एक करोड क्षतिपूर्ति माग गरेका छन् । उनले यस्तो समस्या अरुलाई पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । ‘मलाई मात्र आइपर्ने होइन, अरु चलचित्रलाई भोलि यो समस्या पर्नेछ, चलचित्र पत्रकारितालाई नै बदनाम गर्ने काम भएको छ,’ चाम्सले भने ।

 

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : १६ बजे

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा