उत्तरी पेरुमा शक्तिशाली भूकम्पको झट्का « Khabarhub

उत्तरी पेरुमा शक्तिशाली भूकम्पको झट्का


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


ल्याटिन अमेरिकी मुलुक पेरुको उत्तरी क्षेत्रमा ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

उत्तरी पेरुको लागुनास गाउँबाट ८० किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा १ सय १० किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर सबेरै २ बजेर ४१ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

यद्यपि केन्द्रविन्दु जमिनको सतहभन्दा धेरै गहिराईमा भएकाले भूकम्पले ठूलो क्षति पु¥याएकोमा भने आशंका रहेको जनाइएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने भूकम्पको तीब्र झट्का महसूस गरिएको जनाएका छन् ।

भूकम्प गएसँगै पेरुस्थित अमेजनको जंगलमा अविस्थत गाउँहरुमा विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ । ‘प्रशान्त अग्नीचक्र’ भनिने क्षेत्रमा अवस्थित पेरुमा यस्ता भूकम्पहरु नियमित जाने गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  २ : ५८ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४