पानीजहाजमा ग्यास लिक हुँदा चीनमा १० जनाको मृत्यु | Khabarhub Khabarhub

पानीजहाजमा ग्यास लिक हुँदा चीनमा १० जनाको मृत्यु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– चीनमा मालवाहक पानीजहाजमा ग्यास चुहिएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ ।

चीनको लोङयान शहरमा फुजियान शिपिङ कम्पनीको पानीजहाजमा कार्बनडाइअक्साइड ग्यास चुहिएर दुर्घटना भएको अधिकारीले जनाएका छन् ।

स्थानीय समय अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा १० जनाको शव प्राप्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

पानीजहाजको मर्मतका क्रममा भएको दुर्घटनामा अरु १९ जना घाइते भएको जनाइएको छ ।

प्रहरीले दुर्घटना गराएको अभियोगमा केहीलाई नियन्त्रणमा लिइएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : ०३ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित