कसले गर्‍यो वृद्ध दम्पतीको लठ्ठी हानी हत्या ? | Khabarhub Khabarhub

कसले गर्‍यो वृद्ध दम्पतीको लठ्ठी हानी हत्या ?


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा एक वृद्ध दम्पतीको हत्या भएको छ । महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेकी वृद्ध दम्पतीको हत्या भएको हो ।

सडक छेउमा पसल सञ्चालन गरेर बसेकी ६५ वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो । शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । आक्रमणबाट उनीहरुका नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते छन् ।

द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए । वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ । टाउकोबाट अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो ।

सुनका गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले अनुमान गरे ।

गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए । घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन । घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुन सक्छ ।

द्रोपतीले झण्डै दुई तोलाबराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिइन् तर उक्त सुन घटनास्थलमा भेटिएको छैन ।

घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घट्ना भएको थियो । अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा बताएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : ४५ बजे

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक

उज्बेकिस्तानसँग खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको खैरेनीटारबाट करिब सात किलोमिटर दूरीमा