आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा | Khabarhub Khabarhub

आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएपछि मन्त्रीले दिइन् राजीनामा


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेक्सिको– मेक्सिकोकी वातावरण मन्त्रीले आफ्ना कारण ४० मिनेट उडान अवरुद्ध भएको भन्दै आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।

मेक्सिकोकी वातावरण तथा प्राकृतिक संशाधनमन्त्री जोसेफा गोन्जालेज ब्लांकोले राष्ट्रपति आन्द्रेज म्यानुअल लोपेज ओब्रादोरसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन् ।

गत शुक्रबार उनका कारण विमानस्थलको एक व्यावसायिक जहाज उड्न ४० मिनेट ढिला भएको थियो । ‘राष्ट्रपतिको विशेष आग्रह’ का कारण भएको भनिएको उक्त ढिलाईपछि उनको आलोचना शुरु भएको थियो ।

मन्त्री ब्लांकोले आफ्ना कारण भएको ढिलाईप्रति माफी माग्दै राजीनामापत्र बुझाएको जनाइएको छ । उनले कुनै उच्च पदस्थ व्यक्तिका कारण यस्ता घटना हुन नहुने समेत जनाएकी छिन् ।

त्यस्तै, उनले मेक्सिकोमा परिवर्तन चाहने भए सबैलाई समान र न्यायिक व्यवहार हुनुपर्ने तथा कोही व्यक्तिका कारण बहुसंख्यक मानिसलाई हानी हुन नहुने समेत जनाएकी छिन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ३ : ५३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास