सगरमाथाको ढुंगा ल्याउँदा तीन आरोही पक्राउ « Khabarhub

सगरमाथाको ढुंगा ल्याउँदा तीन आरोही पक्राउ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सगरमाथाको आरोहण गरेर फर्किएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सगरमाथाको ढुंगा बिनाअनुमति ल्याउँदा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले उनीहरु कानूनी झमेलामा परेका हुन्। हुन त उनीहरुले चिनोका लागि भनेर ढुङ्गा ल्याइएको भएपनि कानूनको अनभिज्ञता क्षम्य हुँदैन । कानून जानेको छैन भन्दैमा उसलाई सजायमा छुट नहुने प्रहरीको भनाइ छ ।

सगरमाथाको ढुंगा ल्याउँदा पक्राउ पर्नेमा ४० वर्षीय पेम्बा शेर्पा, ३० वर्षीय पुर्वा शेर्पा र अमेरिकी नागरिक सोफिया हेलर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ । उनीहरुलाई सानो आकारका १२ वटा ढुङ्गा र झण्डै एक किलोको अर्को ढुङ्गा ल्याएका थिए । सोलुखुम्बुबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले खानतलासी गर्दा उनीहरुको साथबाट ढुङ्गा बरामद गरेको हो ।

वन क्षेत्रको विषय भएकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँलाई बुझाइएको विमानस्थल सुरक्षा कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । कार्यालयका डिभिजनल वन अधिकृत रामबाबु पौडेलले संरक्षित क्षेत्रबाट बिनाअनुमति कुनै पनि वस्तुहरु निकासी गर्न नपाइने बताए । यस्तो भएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार कारबाही हुने बताए ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : २४ बजे

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले