फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठमा ‘युवा लक्षित’ अन्तर्क्रिया « Khabarhub

फ्रान्स र नेपालको सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठमा ‘युवा लक्षित’ अन्तर्क्रिया


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– फ्रान्स र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा आयोजना गरिएको ‘युवा लक्षित’ कार्यक्रमका वक्ताहरुले मुलुकको परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

७० औँ वर्षगाँठको अवसर पारेर ललितपुरमा ‘युथ प्यानलः लिडिङ चेन्ज’ (नेतृत्व परिवर्तन) नामक कार्यक्रम आयोजना गरिएको हो ।

नेपालस्थित फ्रान्सेली राजदूतावास, बीड नलेज सेन्टर, युलेन्स स्कूल र अलाइन्स फ्रेन्च इन काठमाडौंको संयुक्त आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले राजनीतिक मात्र नभई हरेक क्षेत्रमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको औंल्याए ।

कार्यक्रमका प्रमुख वक्ताहरुमा पूर्व मिस नेपाल शृङ्खला खतिवडा, राजनीतिक अभियानकर्मी रञ्जु दर्शना, सेफाली उप्रेती, शिशिर किसी र श्रद्धा गौतम लगायतले राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा युवाशक्तिको समुचित परिचालनमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

‘मुलुकको सर्वाङ्गीर्ण क्षेत्रको आमूल परिवर्तन ल्याउन सक्ने क्षमता युवा शक्तिमा हुन्छ, नेतृ रञ्जु दर्शनाले भनिन्, ‘हरेक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक छ, समाज परिवर्तनका शुरुवात आफैबाट गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी युवाले सामाजिक कार्यक्रमा युवा वर्गको भूमिका अपरिहार्य रहेको बताउँदै समानता, स्वतन्त्रता र समाजमा देखिएका विभेद तथा विकृतिका विषयमा छलफल गरेका थिए ।

यस्तै छलफलमा बोल्दै पूर्वमिस नेपाल शृङ्खला खतिवडाले समाज विस्तारै परिवर्तन हुँदै गएको र युवापुस्ताले यस्ता खालका कार्यक्रममा रुचि देखाएकोमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली समाजमा देखिएका महिला समानताको मुद्दालाई मुख्य रुपमा उठाएका थिए । यस्तै नेपालको शैक्षिक प्रणालीमा पनि परिवर्तन आउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा फ्रान्सका राजदूत  फ्रास्वाँ जेभिएर लेजेले भने,  ‘नेपाली युवामा देखिएको जोश जाँगर देख्दा हामीलाई खुशी लाग्छ, नेपाली युवाहरूलाई हरेक क्षेत्रमा अवसर दिनुपर्छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ८ : ३९ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान