राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो « Khabarhub

राजधानीमा बम आतंक, ज्यान गुमाउनेको संख्या ४ पुग्यो


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा ८ जना घाइते भएका छन् ।

सुकेधारास्थित एक शैलुनमा भएको बम विस्फोटको घटनामा तीन जनाको मृत्यु भएको हो । एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुकेधारा विस्फोटमा ज्यान गुमाउनेको पहिचान खुलेको छैन । विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर घाइते भएका छन् ।

त्यसैगरी घट्टेकुलोमा भएको विस्फोटमा अर्का एक जनाको मृत्यु भएको हो । सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको हो । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको हो भने रविन केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको जनाइएको छ ।

काठमाडौंका विभिन्न ठाउँमा भएको विस्फोटमा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नतामा रहेको प्रहरीले जनाएको छ । सवै ठाउँमा भएको विस्फोटको प्रकृति उस्तै प्रकारको भएको समेत प्रहरीले जनाएको छ ।

विस्फोट भएको स्थानबाट प्रहरीले विप्लव नेतृत्वको पर्चा समेत भेटेको छ । त्यस्तै अपरान्ह काठमाडौंको कोटेश्वरबाट पनि प्रहरीले ७ जना विप्लव नेकपाका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट ४ वटा प्रेसर कुकर र पर्चा बरामद गरेको जनाएको छ ।  विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेका कारण विभिन्न स्थानमा बम राखेर त्रास मच्चाएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  १० : १५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।