आज २०७६ असार ११ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०७६ असार ११ गते बुधबारको राशिफल


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

आज २०७६ असार ११ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष
खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

बृष
साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

मिथुन
कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।

कर्कट
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

सिंह
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

कन्या
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

तुला
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

बृश्चिक
अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

धनु
अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

मकर
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

कुम्भ
सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ ।

मीन
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : २९ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य