चार लाखको प्रश्न :  के हुन्छ हाम्रो भविष्य ? « Khabarhub

चार लाखको प्रश्न :  के हुन्छ हाम्रो भविष्य ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले ‘बिमितमाथि खेलबाड, औषधि नै पाइँदैन’ शीर्षकमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको कार्यन्वयनमा भएको चुनौतीको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

समाचारअनुसार १८ लाख बिमित रहेको सेवा विस्तार तथा गुणस्तरमा ख्यालठट्टा देखिएको उल्लेख छ । स्वास्थ्य बिमाबाट उपलब्ध हुनुपर्ने सेवा अन्तर्गत, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकात्मक सेवा, बहिरंग, सेवा, भर्ना, उपचार, आकस्मिक सेवा, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण, निदानात्मक वा पुनःस्थापनासम्बन्धी सेवा, अशक्तलाई एम्बुलेन्स सेवा र प्रबर्द्धनात्मक सेवा हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी पत्रिकाले क्लिन फिड स्वदेशी विज्ञापन बजारका लागि उपयुक्त शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेएको छ । सेवाप्रदायकले उपभोक्ता अधिकार हनन गरे, रोजगारी र राजस्वा वृद्धि हुने, १४७ विदेशी अनुमति लिएको जनाइएको छ । त्यस्तै चर्को विरोध थेग्न नसकेपछि सरकारले औपचारिक रुपमै संघीय संसदबाट गुठी विधिेयक फिर्ता लिएको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

त्यस्तै पत्रिकाले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिएका झन्डै ४ लाख आवेदकले आफ्नो भविष्यका बारेमा प्रश्न गरेका छन् ।

लोकसेवाले आह्वान गरेको विज्ञापनको अन्तिम दिन मंगलबार परीक्षका लागि आवेदन दिएका चार लाखको भविष्य सर्वोच्च अदालतले गर्ने फैसलामा निर्धारण गर्ने भएको छ ।

आयोगले स्थानीय तहका लागि गत १५ जेठमा ९ हजार १६१ को संख्यामा भर्ना आह्वान गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ५४ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका