‘गल्बन्दी’ गीतलाई लिएर गायक प्रकाश बने भावुक, जातीयतासँग जोडेर लडाई गर्नु दुर्भाग्यपूर्ण « Khabarhub

‘गल्बन्दी’ गीतलाई लिएर गायक प्रकाश बने भावुक, जातीयतासँग जोडेर लडाई गर्नु दुर्भाग्यपूर्ण


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गलबन्दी बोलको गीत एकाएक हिट भएपछि गायक प्रकाश सपुत पनि निकै चर्चामा आए । उनको चर्चासँगै उनीमाथि विभिन्न आरोप समेत आइलागे । उनको निकै हिट भएको गलबन्दी गीतमा भाका/लय चोरी भएको आरोप लाग्यो ।

बरिस्ठ गायक तथा संगीतकार शम्भु राईले आफ्नो देउसी भैलो गीतको भाका/लय गायक प्रकाश सपूतको नयाँ गीत गलबन्दी सँग मेल खाएको भन्दै सामाजिक सञ्जालमा छाए । त्यसपछि सामाजिक सञ्जालमा गल्बन्दी गीतले विवाद निम्त्यायो । केही व्यक्तिले गीतलाई जातीयतासँग जोडेपछि बिबादले झनै उग्र रुप लिएको छ ।

आरोप-पत्यारोपको श्रृंखला बढ्दै गएको छ । गायक गायिकाहरु पनि विभाजित बनेका छन् । कोही कसैको पक्षमा त कोही कसैको । गीतले जातीय द्वन्द्व चर्काउनेसम्मको अवस्था सिर्जना हुने भएपछि गायक प्रकाश सपुत निकै भावुक बनेका छन् । उनले गीत तथा सर्जक र स्रष्टालाई जातीयतामा नतान्न आग्रह गर्दै फेसबुमा लामो स्टाटस लेखेका छन्–

‘समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ १ यसले परिवर्तनका निम्ति ठूलो भुमिका खेल्छ । जस्तो स् नेपालमा गितसंगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पस्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नयाँ र स्पस्ट कानुन बन्नु जरुरी छ । लोक गीतको विषयमा त झन गम्भिर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचानसँग जोडिएको विषय पनि हो । जातीय विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लड़ाई गर्नु पर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्यपूर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पधेरामा तर्काएर कतै समाजिक सन्जालमा होच्याएर गरिने विभेदका नयाँ नयाँ ठाउँ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ ।’

बाँकी फेसबुकबाटै

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४२ बजे

राई–लिम्बु समुदायलाई प्रतिनिधिसभामा पुर्‍याउन सकिन, माफी चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला

सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सकेसम्म सांसदहरूलाई सरकारी

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो