‘गल्बन्दी’ गीतलाई लिएर गायक प्रकाश बने भावुक, जातीयतासँग जोडेर लडाई गर्नु दुर्भाग्यपूर्ण | Khabarhub Khabarhub

‘गल्बन्दी’ गीतलाई लिएर गायक प्रकाश बने भावुक, जातीयतासँग जोडेर लडाई गर्नु दुर्भाग्यपूर्ण


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गलबन्दी बोलको गीत एकाएक हिट भएपछि गायक प्रकाश सपुत पनि निकै चर्चामा आए । उनको चर्चासँगै उनीमाथि विभिन्न आरोप समेत आइलागे । उनको निकै हिट भएको गलबन्दी गीतमा भाका/लय चोरी भएको आरोप लाग्यो ।

बरिस्ठ गायक तथा संगीतकार शम्भु राईले आफ्नो देउसी भैलो गीतको भाका/लय गायक प्रकाश सपूतको नयाँ गीत गलबन्दी सँग मेल खाएको भन्दै सामाजिक सञ्जालमा छाए । त्यसपछि सामाजिक सञ्जालमा गल्बन्दी गीतले विवाद निम्त्यायो । केही व्यक्तिले गीतलाई जातीयतासँग जोडेपछि बिबादले झनै उग्र रुप लिएको छ ।

आरोप-पत्यारोपको श्रृंखला बढ्दै गएको छ । गायक गायिकाहरु पनि विभाजित बनेका छन् । कोही कसैको पक्षमा त कोही कसैको । गीतले जातीय द्वन्द्व चर्काउनेसम्मको अवस्था सिर्जना हुने भएपछि गायक प्रकाश सपुत निकै भावुक बनेका छन् । उनले गीत तथा सर्जक र स्रष्टालाई जातीयतामा नतान्न आग्रह गर्दै फेसबुमा लामो स्टाटस लेखेका छन्–

‘समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ १ यसले परिवर्तनका निम्ति ठूलो भुमिका खेल्छ । जस्तो स् नेपालमा गितसंगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पस्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नयाँ र स्पस्ट कानुन बन्नु जरुरी छ । लोक गीतको विषयमा त झन गम्भिर हुनु जरुरी छ । किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचानसँग जोडिएको विषय पनि हो । जातीय विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लड़ाई गर्नु पर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्यपूर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पधेरामा तर्काएर कतै समाजिक सन्जालमा होच्याएर गरिने विभेदका नयाँ नयाँ ठाउँ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ ।’

बाँकी फेसबुकबाटै

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ६ : ४२ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला