श्रीमान श्रीमतीको झगडाले सुनसरीमा गाउँपालिका घेराउदेखि चक्काजामसम्म! « Khabarhub

श्रीमान श्रीमतीको झगडाले सुनसरीमा गाउँपालिका घेराउदेखि चक्काजामसम्म!


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– घरमा श्रीमान–श्रीमतीबीच भएको झगडाको विषयलाई सुनसरीमा स्थानीयहरु आन्दोलित बनेका छन् । श्रीमानले श्रीमतीलाई घर निकाला गरेपछि पीडित महिलालाई न्याय दिलाउन माग राख्दै स्थानीयले सुनसरीको गढी गाउँपालिकाको कार्यालय घेराउदेखि सडकमा चक्का जामसम्म गरेका हुन् ।

सोमबार स्थानीयले इनरुवा–दुहवी सडक बन्द गरी गाउँपालिका कार्यालयले घेराऊ गरे । गढी गाउँपालिका घेराउ गर्न पुगेका गढी-६ का स्थानीयहरुले न्यायीक समितिमा ६ महिनादेखि दिएको उजुरीमा पीडित महिलालाई न्याय नदिएको आरोप लगाएका छन् ।

गाउँपालिकाका अध्यक्ष, न्यायीक समिति संयोजक तथा उपाध्यक्ष राजकुमारी चौधरीले उल्टै पीडित महिलामाथि हप्की–दप्की गरी दुःख दिएको स्थानीयको आरोप छ । सप्तरी कञ्चनरुप नगरपालिका वदगामा माइती घर भएकी सिन्कुकुमारी यादव खड्गालाई उनका श्रीमान विरेन्द्र यादवले एक वर्ष अगाडि ससुरालीबाट दाइजो थोरै ल्याएको निहुँमा घर निकाला गरिदिएका थिए ।

श्रीमानले घरबाट निकालेपछि पीडित बनेकी सिन्कुकुमारीले न्यायको लागि गाउँपालिकामा उजुरी दिएकी थिइन् । न्यायका लागि गाउँपालिकाको न्यायीक समितिमा उजुरी दिएकी उनले न्याय पाउने आशामा झण्डै एक वर्ष बिताइन् । गाउँपालिकाले घर र माइती पक्षकालाई झिकाई न्याय दिलाउने आश्वासन दिँदै आएको भएपनि अन्त्यमा गाउँपालिकाका अध्यक्षले पीडित महिलालाई अब यो केश लिएर नआउनु भन्दै माइतीमा गएर बस्नु भनेपछि स्थानीयले पीडित महिलाको न्यायका लागि सडकमा उत्रिएका बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ३६ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका