विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै « Khabarhub

विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड र पाकिस्तान भिड्दै


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज (बुधबार)को खेलमा न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । सेमिफाइलन प्रवेशका लागि हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

बिर्मिङ्घम मैदानमा हुने खेलमा पाकिस्तानले बलियो मानिएको टोली न्युजिल्याण्डको सामना गर्नुपर्नेछ । यो पाकिस्तानका लागि अन्तिम मौकाका रुपमा हेरिएको खेलप्र‍ेमिहरु बताउँछन् ।

पाकिस्तानले आफ्नो पछिल्लो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । न्युजिल्याण्डले वेस्ट ईन्डिजमाथि रोमाञ्चक जीत निकालेको थियो । प्रतियोगिताको अपराजीत टिम न्युजिल्याण्डका कप्तान केन विलियम्स पाकिस्तानविरुद्व सहज जीत निकाल्ने बताउँछन् ।

सरफराज नेतृत्वको पाकिस्तान टिम सेमिफाईनल पुग्न असंम्भव छैन तर सम्भावना निकै कठिन छ । सेमिफाईनल पुग्न पाकिस्तानले आगामी तीन खेल जीत्नुपर्ने समिकरण तय छ । न्युजिल्याण्ड लगत्तै पाकिस्तानले बंगलादेश र अफगानिस्तानलाई हराउनुपर्नेछ ।

श्रीलंकालाई हराउँदै प्रतियोगिताको सुरुवात गरेको न्युजिल्याण्डको जीतको यात्रा जारी छ । कप्तान विलियम्सले समेत शतक प्रहार गरेका छन् । रोस टेलर फर्ममा देखिएका छन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : २९ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी