‘भ्वाइस’ बाट निकालिएपछि अभयाको आक्रोश– विहान ७ बजे बोलाएर बेलुका ७ बजे मात्र खान दिन्थे « Khabarhub

‘भ्वाइस’ बाट निकालिएपछि अभयाको आक्रोश– विहान ७ बजे बोलाएर बेलुका ७ बजे मात्र खान दिन्थे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिक अभया सुब्बाले आफ्नो मान सम्मानमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चोट पुर्‍याएको बताएकी छिन् ।

रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोचको रुपमा रहेकी अभयालाई दोस्रो सिजनमा टीममा नराखेपछि उनी आक्रोशित भएकी हुन् ।

आफूलाई दोस्रो शोमा राख्नु नराख्नु महत्वपूर्ण नभएको भन्दै अभयाले तर त्यसबारे बेलामै जानकारी नगराएको भन्दै आपत्ति जनाएकी छिन् । भ्वाइले आफ्नो मानमर्दन गरेको उनको आरोप छ । एक भिडियो सार्वजनिक गर्दै गायिका सुब्बाले भ्वाइस अफ नेपालको व्यवस्थापन राम्रो नभको समेत आरोप लगाइन् ।

उनले आफू दोस्रो सिजनमा नहुने कुरा सञ्चारमाध्यमहरुबाट जानकारी पाएको र यसले आफूलाई दुखित बनाएको बताएकी छिन् ।
फाइनल हुनुभन्दा तीन महिना अघि नै आफू व्याण्डसहित अस्ट्रेलिया जानुपर्नेबारे पूर्व जानकारी गराएको भएपनि अहिले फाइनलमा नभएका कारण हटाएको भन्ने कुप्रचार गरिएको उनको भनाइ छ ।

आफूहरुलाई अप्रिल मार्चमा बोलाएको भएपनि त्यो बेलामा शो शुरु नभएको र जुलाईमा मात्र शुरु भएको बताइन् । आफू युरोप टुरमा जाने तयारी गरिरहेको बेलामा जुलाइमा शो शुरु हुन लागेको भनेपछि टिकट क्यान्सिल गरेर बसेको भएपनि उनीहरुले त्यसलाई नहरेको उनले बताइन् ।

सनुप र आफूलाई टीममा नराख्नेबारे भ्वाइबाट थाहा नपाएको र उनीहरुले आफूहरुलाई जानकारी नगराउँदा दुख लागेको अभयाले बताइन् ।
आफूले पहिलो सिजनमा धेरै दुःख गरेको भन्दै अभयाले त्यसको दण्ड पाएको बताइन् । ‘अन्तर्राष्ट्रिय शोमा पनि हामी प्रोफेसनल बन्न सक्दैनौं भने के हुन्छ’ भन्दै प्रश्न गरिन् ?

उनले भनिन्,‘जसले धेरै काम गर्छ वा जो खट्छ त्यसलाई निकाल्ने रहेछन् । तर सोझा मानिसले पनि आफ्नो अधिकार पाउन जरुरी छ ।’
अभयाले आफूलाई अन्य नयाँ आएका कोचहरुसँग कुनै गुनासो नहुने बताइन् । नयाँ आएकाहरु राम्रो रहेको भन्दै उनले भ्वाइसको कार्यशैलीप्रतिमात्र आफ्नो असन्तुष्टि रहेको बताइन् ।

भ्वाइस अफ नेपालको व्यवस्थापन निकै फितलो रहेको भन्दै आक्रोशित बनेकी अभयाले आफूलाइ बेलामा खान पनि नदिएको आरोप लगाइन् ।
‘विहान ७ बजे गयो बेलुका ७ बजे खान पाइन्थ्यो’ उनले प्रश्न गरिन्,‘खान दिएपनि नदिएपनि त्यत्रो एक वर्ष काम गरेको परिवारको मानिसलाई बोलाएर भन्नु पर्छ कि पर्दैन ?’

‘अन्तर्राष्ट्रिय भ्वाइसमा यस वर्ष आडम थिएन । पहिला नै घोषणा गरिएको थियो  यस वर्ष उनी छैनन् भनेर । तर यहाँ जानकारी गराइने यसले मेरो अपमान गरेको छ’ अभयाले भनिनन् ।

सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन टुमा रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । उनीहरुको सट्टामा राजु लामा र आस्था राउतलाई भ्वाइ अफ नेपालले भित्र्याएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : १२ बजे

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा