‘भ्वाइस’ बाट निकालिएपछि अभयाको आक्रोश– विहान ७ बजे बोलाएर बेलुका ७ बजे मात्र खान दिन्थे « Khabarhub

‘भ्वाइस’ बाट निकालिएपछि अभयाको आक्रोश– विहान ७ बजे बोलाएर बेलुका ७ बजे मात्र खान दिन्थे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिक अभया सुब्बाले आफ्नो मान सम्मानमा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ चोट पुर्‍याएको बताएकी छिन् ।

रियालिटी शो भ्वाइस अफ नेपालको पहिलो सिजनमा कोचको रुपमा रहेकी अभयालाई दोस्रो सिजनमा टीममा नराखेपछि उनी आक्रोशित भएकी हुन् ।

आफूलाई दोस्रो शोमा राख्नु नराख्नु महत्वपूर्ण नभएको भन्दै अभयाले तर त्यसबारे बेलामै जानकारी नगराएको भन्दै आपत्ति जनाएकी छिन् । भ्वाइले आफ्नो मानमर्दन गरेको उनको आरोप छ । एक भिडियो सार्वजनिक गर्दै गायिका सुब्बाले भ्वाइस अफ नेपालको व्यवस्थापन राम्रो नभको समेत आरोप लगाइन् ।

उनले आफू दोस्रो सिजनमा नहुने कुरा सञ्चारमाध्यमहरुबाट जानकारी पाएको र यसले आफूलाई दुखित बनाएको बताएकी छिन् ।
फाइनल हुनुभन्दा तीन महिना अघि नै आफू व्याण्डसहित अस्ट्रेलिया जानुपर्नेबारे पूर्व जानकारी गराएको भएपनि अहिले फाइनलमा नभएका कारण हटाएको भन्ने कुप्रचार गरिएको उनको भनाइ छ ।

आफूहरुलाई अप्रिल मार्चमा बोलाएको भएपनि त्यो बेलामा शो शुरु नभएको र जुलाईमा मात्र शुरु भएको बताइन् । आफू युरोप टुरमा जाने तयारी गरिरहेको बेलामा जुलाइमा शो शुरु हुन लागेको भनेपछि टिकट क्यान्सिल गरेर बसेको भएपनि उनीहरुले त्यसलाई नहरेको उनले बताइन् ।

सनुप र आफूलाई टीममा नराख्नेबारे भ्वाइबाट थाहा नपाएको र उनीहरुले आफूहरुलाई जानकारी नगराउँदा दुख लागेको अभयाले बताइन् ।
आफूले पहिलो सिजनमा धेरै दुःख गरेको भन्दै अभयाले त्यसको दण्ड पाएको बताइन् । ‘अन्तर्राष्ट्रिय शोमा पनि हामी प्रोफेसनल बन्न सक्दैनौं भने के हुन्छ’ भन्दै प्रश्न गरिन् ?

उनले भनिन्,‘जसले धेरै काम गर्छ वा जो खट्छ त्यसलाई निकाल्ने रहेछन् । तर सोझा मानिसले पनि आफ्नो अधिकार पाउन जरुरी छ ।’
अभयाले आफूलाई अन्य नयाँ आएका कोचहरुसँग कुनै गुनासो नहुने बताइन् । नयाँ आएकाहरु राम्रो रहेको भन्दै उनले भ्वाइसको कार्यशैलीप्रतिमात्र आफ्नो असन्तुष्टि रहेको बताइन् ।

भ्वाइस अफ नेपालको व्यवस्थापन निकै फितलो रहेको भन्दै आक्रोशित बनेकी अभयाले आफूलाइ बेलामा खान पनि नदिएको आरोप लगाइन् ।
‘विहान ७ बजे गयो बेलुका ७ बजे खान पाइन्थ्यो’ उनले प्रश्न गरिन्,‘खान दिएपनि नदिएपनि त्यत्रो एक वर्ष काम गरेको परिवारको मानिसलाई बोलाएर भन्नु पर्छ कि पर्दैन ?’

‘अन्तर्राष्ट्रिय भ्वाइसमा यस वर्ष आडम थिएन । पहिला नै घोषणा गरिएको थियो  यस वर्ष उनी छैनन् भनेर । तर यहाँ जानकारी गराइने यसले मेरो अपमान गरेको छ’ अभयाले भनिनन् ।

सिजन वानमा कोचका रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका थिए । चारजनामध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन टुमा रहेपनि अभय सुब्बा र सनुप पौडेल भने बाहिरिएका हुन् । उनीहरुको सट्टामा राजु लामा र आस्था राउतलाई भ्वाइ अफ नेपालले भित्र्याएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : १२ बजे

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु