डाक्टरलाई रिस उठेपछि ‘कबीर सिंह’ माथि उजुरी हाले « Khabarhub

डाक्टरलाई रिस उठेपछि ‘कबीर सिंह’ माथि उजुरी हाले


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बक्स अफिसमा राम्रो व्यापार गरिरहेको फिल्म ‘कबीर सिंह’ को आलोचना पनि भइरहेको छ । फिल्म आलोचित हुनुको कारण शाहिद कपूरले निभाएको भूमिका हो । यो फिल्ममा शाहिद कपूरले निभाएको भूमिकाको विरोध साथै तारिफ पनि भएको छ ।

महिलामा हात उठाएको दश्य, चक्कु लिएर कपडा उतार्दै बस्ने दृश्य, जँड्याहा हिरो लगायतका कुरालाई दर्शकले गाली गरेका छन् ।

भारतीय मिडियाका अनुसार मुम्बईका एक डाक्टरले पेशालाई गलत तरिकाले देखाइएको भन्दै यो फिल्मविरुद्ध उजुरी गरेका छन् । प्रहरीकहाँ उजुरी दिँदै डाक्टरले फिल्मको प्रदर्शनमा रोक लगाउन पनि माग गरेका छन् ।

भारतीय मिडियाका अनुसार ती डाक्टरले स्वास्थ्य मन्त्री, सूचना एवम् प्रसारण मन्त्रालय र केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई पनि पत्र लेखेका छन् ।

यो फिल्ममा शाहिद कपूरले रक्सी पिएर अपरेशन गर्दै गरेको देखिन्छ । यद्यपि फिल्मले बक्स अफिसमा फिल्मले झण्डै ८८ करोड कमाइ गरिसकेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १२ : ४२ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ