यस्तो सहमति गरेर मिलाइयो ‘गलबन्दी’ को विवाद « Khabarhub

यस्तो सहमति गरेर मिलाइयो ‘गलबन्दी’ को विवाद


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही समयदेखि लय चोरीको आरोपले थप चर्चित बनेको गीत ‘गलबन्दी’ को विवाद अन्ततः सहमतिमा टुंगिएको छ । प्रकाश सपूत र शम्भु राईले प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयमा बुधवार (आज) ४ बुँदे सहमति गर्दै चोरीको विवादलाई सहमतिमा टुंग्याएका हुन् ।

लय चोरीको आरोप लागेको प्रकाश सपूतको गीत ‘गलबन्दी’ को पछ्यौरी च्यातियो तिम्ले तानेर अंश र शम्भु राईको ‘देउसी भैलो’ मा समावेश आऊ नाचौँ साथी हो कम्मर कसेर को लय मिल्न गएको निष्कर्ष निकालिएको छ ।

प्रकाश सपूत र शम्भु राईले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा  संगीत क्षेत्रका प्रतिनिधिको रोहवरमा सहमति भएको उल्लेख गरिएको छ । लय मिल्न गएको देखिएकाले लोक दोहोरी ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जना शम्भु राईको नाम समावेश गर्दै सच्याउने र पुन: संगीत सिर्जनामा प्रकाश सपूतको नाम राख्ने गरी सहमति भएको हो ।

यस्तै बुँदा नम्बर २ मा गीतमार्फत आउने आम्दानी सबै प्रकाश सपूतले नै पाउने र शम्भु राईले पनि आर्थिक अधिकार र प्रतिलिपी अधिकारका लागि दाबी गर्न नपाइने भनी सहमति भएको छ ।

योसँगै शम्भु राईले गीत चोरीको आरोप लगाउँदै सपूतविरुद्ध दिएको उजुरीसमेत फिर्ता लिएका छन् ।

यसअघि भने प्रकाश सपूतले आफूले ‘गलबन्दी’ को लय मिल्न गएको भनिएको गीत ‘देउसी भैलो’ नसुकेको बताउँदै आएका थिए । पछिल्लो समय संगीत क्षेत्रमा गीत चोरीको विषयले खुबै महत्त्व पाएको थियो । शम्भु राईले भने पहिलोपटकको छलफलमा पनि लय सिर्जनामा आफ्नो नाम राख्न जोड गरेका थिए । पहिले प्रकाश सपूत यसका लागि राजी नभए पनि पछि आएर राजी भएका हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ४ : ०३ बजे

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद

नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउन मधेस सरकार प्रतिबद्ध

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाल–भारतबीच सदियौँदेखि कायम रहेको धार्मिक,